समाज

अन्तरवार्ता

भिडियो

बुद्ध कालमा नगरवधूले राजाका पाहुना खुसी नपारे चौकमा ल्याएर ५ सय कोर्रा हानिन्थ्यो (भिडियोसहित)

आम्रपाली नामकी अति सुन्दर नगरवधूले रातकै पाँच सय लिन्थिन्

बिहिबार, १५ असार २०७४ गते मा प्रकाशित

sarada-poudel-buddhism-nepalaaja-part-03

डा. शारदा पौडेल
भगवान बुद्धको समयमा महिलाहरुका सिमित जिम्मेवारी थिए । पहिलो जिम्मेवारी घर व्यवहार सम्हाल्ने, दोस्रो सन्तान जन्माउने र तेस्रो पतिलाई खुसी राख्ने । अरु खासै काम उनीहरुले गर्नु पर्दैन थियो । महिलाहरु अगाडि बढ्ने, बाहिरी काम गर्ने भन्ने केही पनि थिएन । केही महिलाहरुको पेशा भने थियो । जस्तो कि केही महिला दासी हुन्थे । मालिकको आदेशअनुशार काम गर्थे । केही महिला देहव्यापारी थिए । उनीहरु आफ्नो देहलाई बेच्थे । उनीहरुलाई त्यो बेला ‘गणिका’ भन्ने गरिन्थ्यो ।  गरिबी र बाध्यतामा परेर महिलाहरू गणिका बन्थे ।

गणिकाहरुलाई राज्यले वैभवको रुपमा लिन्थ्यो । उनीहरुको सम्मानजनक स्थान थियो । राज्यको ११ खम्बा मध्ये एक खम्बाका रुपमा नगरबधुलाई लिइन्थ्यो । कुनै पनि नगरमा कति गणिका छन् त्यसकै आधारमा त्यो नगरको समृद्धि मापन गरिन्थ्यो । उनीहरुलाई हेयको भावनाले हेरिदैन थियो ।

उनीहरुको बिशेष शील हुन्थ्यो । उनीहरु अनुशासित हुन्थे । उनीहरुको शील जाँच्न शक्र इन्द्र आएका थिए । इन्द्रले परीक्षण गर्दा ती गणिकाहरुको शील सही पाइएको थियो । त्यो बेलाका गणिका बन्नका लागि अत्यन्त सुन्दर हुनु पर्ने, ६४ कलामा पारंगत हुनु पर्ने विधान थियो । जो कोही गणिका हुन सक्दैन थिए । त्यस्ता गणिकाको उच्च सम्मान थियो ।

बैशाली राज्यमा आम्रपाली नामकी अत्यन्त गणिका हुन्छिन् । उनी अत्यन्त सुन्दरी थिइन । ६४ कलाले युक्त थिइन । उनी गणिका हुनु अघि विवाह गरेर घरजम गरेर बस्न खोजेकी हुन्छिन् । उनको सुन्दरता नै उनको शत्रु बनिदिन्छ । धेरै देशका राजकुमारले उनीसँग विवाह गर्न खोज्छन् । एकजनाले विवाह गर्दा काटमार हुने अवस्था आउँछ । त्यो अवस्था देखेर उनलाई नगरकै बधु बनाइन्छ । विशेष समारोहमा उनलाई गणिका बनाइन्छ । तर उनले त्यो समारोहमा आफूलाई नगरवधु बनाएकोमा विरोध गर्छिन् । आम्रपाली नगरबधु भएपछि एक रातकै महंगो मूल्य (रातको पाँच सय कर्षापण , रुपैयाँ जस्तै त्यो बेलाको) लिएर देह व्यापार गराउँथिन् ।

आम्रपालीको सुन्दरताको वर्णन राजाका सल्लाहकारले पनि गरेका छन् । सल्लाहकारले राजालाई आम्रपाली जस्तै नगरवधु राख्न सल्लाह पनि दिएका छन् ।

राजाको कुनै पाहुना आउँदा त्यस्ता नगरवधुको सेवा उपलब्ध गराइन्थ्यो । नगरवधुले सेवा दिन नमाने सार्वजनिक स्थलमा ल्याएर ५ सय कोर्रा हानिन्थ्यो । र जरिवाना पनि तिराइन्थ्यो । कमाएको रकममा पनि कर तिर्नु पथ्र्यो । बाहिर हिँडदा पनि ढाकिएर हिड्नु पथ्र्यो । सम्मान पनि गरिन्थ्यो । उनीहरुको आफ्नै अनुशासन थियो ।

एक दिन भगवान गौतम बुद्ध घुम्दै एक बगैंचामा पुग्नुहुन्छ । त्याे बगैंचा आम्रपालीकाे थियाे । जसलाइ अाम्रवन भन्ने गरिन्थ्याे । अाफ्रनाे वनमा भगवान बुद्ध अाउनुभएकाे खबर थाहा पाएपछि आम्रापालीलाई भेटन् इच्छा हुन्छ । उनी दर्शनका लागि जान्छिन् । बुद्धसहित भिक्षु संघलाई भोजनकालागि आग्रह गर्छिन् । बुद्धले मौन स्वीकृति दिनु हुन्छ । भोलिपल्ट आम्रपालीले भोजन गराउँछिन् । धर्म श्रवण पनि गर्छिन् । आम्रवन भिक्षु संघलाई दान गर्छिन् ।

 

(डा. पौडेलसँग गरिएको भिडियो अन्तर्वार्ताका क्रममा उहाँले व्यक्त गर्नुभएको धारणाकाे याे संक्षिप्त रूप हाे । पूर्ण धारणाका लागि कृपया भिडियाे लिंक क्लिक गर्नुहाेला ।सं.)