अन्तरवार्ता

भिडियो

कुरा: खस्रा मिठा

नरेन्द्र मोदी सांस्कृतिक राष्ट्रवादी हुन्, उनलाई असफल बनाउन गोर्खाल्याण्डको आन्दोलन भएको हो (भिडियोसहित)

मङ्गलबार, १३ असार २०७४ गते मा प्रकाशित

arun-kumar-subedi-kura-khasra-mitha-gorkhaland-nepalaaja

–अरुणकुमार सुवेदी
भारतको विभिन्न क्षेत्रमा आ आफ्नै खालको आन्दोलन चलिरहेको छ । कश्मिरमा पृथकतावादी आन्दोलन, मध्येप्रदेशमा किसान आन्दोलन, गुजरातमा पटेल आन्दोलन, शान्त भएर बसेको आन्दोलनलाई ममत बेनर्जीले आगो सल्काइदिइन् ।

यो सबै प्रकरणको कारण भनेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई असफल पार्ने युरोपेली र अमेरिकीहरुको चालबाजी हो । म प्रशंग दिन्छु, जस्तो कतारमा अहिलेको आएको संकटको छनक एक दुई वर्ष अगाडि नै थियो । त्यसपछि भारत र इरान एक कित्तामा जान्छन् भन्ने अनुमान पनि थियो । अहिले त्यही भयो । भारतमा अत्यन्त लोकप्रिय नेता मोदी हुन् । उनी हिन्दु संस्कारका पृष्ठपोषक र अमेरिकाद्वारा नरुचाइएका व्यक्ति हुन् । तर भारतका जनताले उनलाई सदर गरिदिए ।

मोदी पश्चिमाले जे जे भन्छन् त्यो त्यो नमान्ने सांस्कृति राष्ट्रवादी नेता हुन् । उनलाई झुकाउनकालागि अमेरिकाले भारतको आन्तरिक राजनीतिमा किचलो गरिदिन्छ । मध्यपूर्वलाई प्रयोग गरिदिन्छ । नेपाललाई पनि उपयोग गर्छ । यो नयाँ कुरा होइन । पुरानै कुरा हो ।

पहिले पहिले भारतमा इस्लामिक बर्बरियन शासनमा झझिया कर अर्थात धर्मकर हिन्दूहरुले तिर्नु पथ्र्यो । अहिले अमेरिकाले त्यसै गरी कर लिन्छ । संसारसँग । कि अमेरिकालाई प्राकृतिक साधन दिनु पर्छ, कि ठाउँ दिनु पर्छ कि उसको सामान किनेर उसलाई पैशा बुझाउनु पर्छ ।

जहाँसम्म गोर्खाल्याण्डको आन्दोलन छ, यसमा ममत बेनर्जीको हठ र अर्कोतिर मोदीलाई कर्नरमा पार्ने खेल भएको छ । मोदीलाई अप्ठ्यारो पार्न ममताले साउदी अरब र अमेरिकाको कठपुतली भएर गोर्खाहरुलाई चिढ्याएकी हुन् ।

हालै सेन्ट पिटर्सवर्गमा अन्तर्राष्ट्रिय इकोनोमिक फोरमको सम्मेलन भएको थियो । त्यो सम्मेलनमा एनविसी टिभीको मेगिन केलीले मोदी र भ्लादिमिर पुटिनलाई एकै ठाउँमा राखेर अन्तर्वार्ता लिएकी थिइन् । त्यहा पुटिनले मोदीलाई भारतको सम्प्रभूता पनि सिमित हुन सक्ने बताएका थिए । भारतको पनि सम्प्रभूता माथि कसेको खटन हुन सक्छ भनेका थिए ।

भनेपछि भारतजस्तो ठूलो देशलाई पनि अरु देशले दबाबमा राखेको हुँदो रहेछ भन्ने स्पष्ट भयो ।

जहाँसम्म गोर्खाल्याण्डको कुरा छ । त्यो सम्भव छ । नेपाली भाषा भनेको भारतको पनि राष्ट्रिय भाषा हो । हिन्दी मूल भाषा भयो । बाँकी मराठी, उर्दू, गुजराती जस्तै नेपाली भाषा पनि भारतको राष्ट्रिय भाषा हो । भारतमा धेरै नेपाली भाषी छन् । उनीहरुको माग र समर्थन गोर्खाल्याण्डमा छ । गोर्खाल्याण्ड सम्भव छ भन्ने यसबाट पनि देखिन्छ । जनसंख्या, सामथ्र्य, क्षेत्रफल आदिबारे त भारतले गर्ने कुरा हो ।

भारतमा गोर्खाल्याण्ड भयो भने नेपाली गोर्खालीको पहिचान गुम्ने कतिपयले आशंका गरेका छन् । तर एसियामा एउटा जर्जिया भन्ने देश छ । अमेरिकामा जर्जिया भन्ने राज्य छ । हैदरावाद भन्ने सहर पाकिस्तानमा पनि छ भारतमा पनि छ । यसले केही फरक पर्दैन । गोर्खामा त राइ लिम्बु नै थिएनन् । मगर र गुरुङ थिए । पछि राइलिम्ुबलाई पनि गोर्खा पछि भनियो । गोर्खा भन्ने कुनै जात होइन । किनभने गोर्खाका राजा नै ठकुरी थिए । उनका पुरेत अर्यालहरु थिए । गोर्खामा सबै गोर्खाली हुन ् । पृथ्वीनारायण शाहका हतियार बनाउने मोहम्मद ताकी भन्ने थिए । अब मुसलमान पनि गोर्खाली नै भए ।

भारतमा गोर्खाल्याण्डको आन्दोलन चलिरहँदा कतिपय नेपालीहरुले भन्छन् कि बंगालीसँग नेपाली मिल्दैनन् भनेर पहिचानका आधारमा प्रदेश हुन्छ भन्नेहरु छन् । तर हामी आफै नेपालमा चाहिँ जातीय पहिचान हुन हँुदैन भन्ने गछौं । यस्तो डबल स्ट्याण्डर्ड छाड्नु पर्छ ।