अन्तरवार्ता

भिडियो

राजनीति

जाजरकोटका मेयर भन्छन्, –सबैतिर भद्रगोल छ, विकास कहाँबाट शुरु गरौं, कन्फ्युज छु (भिडियोसहित)

बुधबार, ३१ जेठ २०७४ गते मा प्रकाशित

chandra-prakasj-ghati-magar-jajarkot-mayor-nepalaaja

जाजरकोटको भेरी नगरपालिकाका नवनिर्वाचत मेयर हुन् प्रेमप्रकाश घर्ती मगर । नेकपा एमालेबाट मेयरमा प्रतिस्पर्धा गरेका युवा नेता मगरले चुनाव सहजै जिते । जाजरकोट–काठमाडौं सम्पर्क मञ्चमा रहेर जाजरकोटका जनतासँग भिजेका घर्तीले विकासमा धेरै पछाडि परेको भेरी नगरपालिकामा धेरै चुनौती रहेको बताएका छन् । खानेपानी, स्वास्थ्य सेवा, पोषण, बिजुली आदि प्रमुख समस्या हुन् । यस्ता समस्या समाधान गर्न त्यति सजिलो छैन । किनभने जाजरकोटका जनताको चेतनाको स्तर पनि धेरै तल छ । मानव विकास सूचकांकमा पनि जाजरकोट पछाडि छ । ७५ जिल्ला मध्ये विकासमा जाजरकोटको स्थान ६८ औं हो । 

दूर्गम जिल्लाको नगरपालिकामा निर्वाचित भएका घर्तीसँग नेपाल आजले गरेको कुराकानी यस्तो छः