भिडियो

अन्तरवार्ता

राजनीति

राजा वीरेन्द्रसँग मेरो राम्रो सम्बन्ध थियो, आठ वर्षमा चारवटा तक्मा दिए (भिडियोसहित)

म नयाँ शक्तिको नेता हुँ तर पाएको भए साझाका किशोर थापालाई भोट दिन्थेँ

बुधबार, ३१ जेठ २०७४ गते मा प्रकाशित

madan-rai-nepalaaja-politics-01

 –मदन राई

म राजनीतिमा पञ्चायतकालदेखि नै सक्रिय थिएँ । चुनाव पनि लडेँ । ५६ सालदेखि भने लोकतान्त्रिक संस्कार बोकेका दुई तीनवटा राजनीतिक दल हुनु पर्छ भनेर बेस्सरी लागे । मैले यसका लागि कोसँग भेटिन होला ? राजा वीरेन्द्रसँग त कति भेटे भेटेँ । राजासँग मेरो राम्रो सम्बन्ध पनि थियो । आठ वर्षमा त मलाई राजा वीरेन्द्रले चारवटा पदकले विभूषित गरे । आठ वर्षमा चारवटा पाउनु चानचुन होत ?

वैकल्पिक शक्तिको खोजीमा त म ५६ सालदेखि नै थिएँ । खोज्दै जाँदा भेटे बाबुराम भट्टराई । उसका सबै कुराहरु सुन्दा बुझ्दा सबै ठीक लाग्यो । तर समस्या कहाँ पर्यो भने मान्छे कम्युनिष्ट भयो । मेरो विचारमा त राजा भन्दा पनि खराब त कम्युनिष्ट शासन हो । किनभने राजा त सुसंस्कृत हुन्छन् तर कम्युनिष्टहरुले त धनीलाई काट्ने, मार्ने र खेद्ने बाहेक केही गर्दैनन् । यद्यपि राजा खेद्ने काम गरेकोमा माओवादीको त म ठूलो समर्थक हो । तर कम्युनिष्ट जति खराब चाहिँ मलाई कोही लाग्दैन थियो । सोचे बाबुराम भट्टराई कम्युनिष्टको दलदलबाट फुत्त निस्केर बाहिर आए कति राम्रो हुने थियो ।

कुनै पनि कुरा जन्मेपछि मर्छ । बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पनि समाप्त हुन सक्छ । यो प्रकृतिको नियम नै हो । ठूलो कुरा भएन । तर नयाँ शक्ति भनेको नेपालमा जबर्जस्त उदाउँदै गरेको राजनीतिक दल हो । ७३ जेठ ३१ मा भएको उदघाटनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले एमाले बाहेकका लागि नयाँ शक्ति चुनौती भएको टिप्पणी गरेका थिए । चुनावमा प्रचण्डले चुनाव चिन्ह नै नदिएर हामीलाई धोका दिए ।

एउटा चुनाव चिन्ह जनतालाई चिनाउन त समय लाग्छ भने हरेक निर्वाचन क्षेत्रमा नयाँ नयाँ चुनाव चिन्ह कसरी चिनाउने ? त्यही कारण हाम्रो निर्वाचनमा बलियो पोजिसन भएन ।

विवेकशीललाई पनि स्माइलको चुनाव चिन्ह दिएको भए उसले चुनाव जित्न सक्थ्यो । साझालाई पनि चुनाव चिन्ह दिइएन । दिएको भए चुनाव जित्थ्यो । किनभने किशोर थापाजस्तो उम्मेदवार उसले उठाएको थियो । राजनीतिमा कसरी बेइमानी गरिन्छ भन्ने प्रश्न छ नी, जवाफ यहि हो ।
मैले पाएको भए त किशोर थापालाई म पनि भोट दिन्थे । गलत मान्छे मेरो पार्टीको उम्मेदवार छ भने म भोट दिन्न । अर्को पार्टीको असल उठ्यो भने उसैलाई भोट दिन्छु । म त त्यस्तो मान्छे हो ।

(भिडियो अन्तर्वार्ताका क्रममा नयाँ शक्तिका नेता मदन राईले व्यक्त गर्नुभएको धारणाको मुल अंश)