रोजगार

सशस्त्र प्रहरी सहायक निरीक्षकको अन्तिम नतिजा प्रकाशित

सोमबार, २५ बैशाख २०७४ गते मा प्रकाशित

Armed Police Force Nepal

वैशाख – २५ । सशत्र प्रहरी बलले सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । गत वर्ष असोजमा पाँच गते प्रकाशित विज्ञापन अनुसारको खुल्ला प्रतिस्पर्धामा उत्तीर्ण हुन सफल सहायक निरीक्षक पदका उम्मेदवारहरुको अन्तिम नतिजा मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखा स्वयम्भू, हलचोकले प्रकाशित गरेको हो । उत्र्तीण भएका उम्मेदवारलाई सशस्त्र प्रहरीले जेठ एक १० बजेसम्म छनोट शाखामा उपस्थित हुन निर्देशन दिएको छ । साथै योग्यताको प्रमाणपत्रको प्रतिलिप ४ प्रति, पापोर्ट साइजको फोटो ४ प्रति, रेकर्ड फाईल ४ प्रति र आफ्नो सफलताको प्रमाणपत्रको प्रतिलिपि ४ प्रति पेश गर्न छनोट शाखाले सूचना प्रकाशित गरी जनकारी दिएको छ ।