समाज

भिडियो

सफलताको कथा

गिनीज बुकमा नाम लेखाएका नेपाली जादुगर, जसले जादुकै माध्यमबाट समाजसेवा गरेका छन् (भिडियोसहित)

बुधबार, २७ बैशाख २०७४ गते मा प्रकाशित

suraj-mainali-guiness-record-holder-magician-nepalaaja


‘जादु केहो ?’ यो कसरी र केका लागि गरिन्छ ? गिनीज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल नेपालको पहिलो जादुगर सुरज मैनालीलाई यो प्रश्न धेरैले गर्छन् । उनीसंग त्यसको वास्तविक जवाफ हुदैन् । उनले दिएको उत्तर कतिपयले बुझ्दैनन् । कतिपय मानिसहरु उनको कुरा विस्वास गर्दैनन् । ‘जादु कुनै चमत्कार हैन, नत रत्नपार्कमा देखाउने चटक नै हो । यो त विज्ञान र कलाको अनौठो समिश्रण हो ।’ मैनाली थप्छन्–‘तर, यसको अर्थ नबुझ्नेहरुले जादुलाई चटक सम्झे, मन्त्र भनेर प्रचार गरे । मागी खाने भाडो बनाए । तर, त्यसको विकास र विस्तारमा ध्यान दिएनन् ।’

मैैनाली गिनीज बुक अफ वल्र्डस् रेकडसर््मा नाम लेखाउने एकमात्र नेपाली जादुगर हुन् । काभ्रेमा जन्मिएका मैनालीको बाल्यकाल काठमाडौंको सिनामंगलमा बित्यो । सिनामंगलबाट नै एसएलसी सकाए । बाल्यकालमा उनी त्यतिसाह्हो अन्य बच्चाहरुजस्तो बोल्दैनथे । पढाईमा मध्यम स्तरका उनी लास्ट बेन्चरको रुपमा चिनिन्थे । एसएलसी पछि उनले मध्य बानेश्वरको लोईला कलेजबाट प्लस टु सकाए । कलेज पुग्दापनि उनको स्वाभाव परिवर्तन भएन् । बालापनको जस्तै कम बोल्ने पढाई मध्यम स्तर, अनि लास्ट बेन्चर । प्लस टु परीक्षापछि उनी फुर्सदिला भए ।

जीवनमा के गर्नेसोच बनाइसकेका थिएनन् । एउटा लक्ष्यविहीन युवा थिए । भविष्यमा के गर्ने कुनै योजना थिएन् । साथीहरुको जमातले जे गथ्र्यो उनी त्यसैको लहलहीमा लागेर हिड्थे । गन्तव्य विहिन यात्री जस्तै जीन्दगी थियो । साथीसंगतको कारणले उनले लागुऔषध सेवन गर्न थालेका थिए । त्यही बानीको कारणले उनी धेरैपटक समस्यामा परे । सोचेजस्तो केही भएन् । बल्लतल्ल ६ वर्षपछि प्लस टु पास भए । लागुऔषधले उनलाई आफ्नै घपरिवारबाट पराई बनाउदै लगेको थियो । समाजमा पनि नकरात्मक दृष्टीकोणले हेर्थे । उनी आफैलाई पनि लागुऔषधले भित्रभित्रैबाट सक्दै लगेको महसुस भएको थियो । उनले लागुऔषधलाई चटक्कै छोडिदिए । लागुऔषध छोडेर जादुको संर्घषमा होमिएका उनले त्यसपछि पछाडी फेर्कर हेर्नुपरेन् । 

यसरी सिके जादु

प्लस टु पास गर्न नसकेको बेला उनको भेट जादुगर रविन्द्र मास्केसंग भयो । मास्केले विं सं २०५२ सालमा नै आखाँमा पट्टी बाधेर मोटरसाईकलबाट चक्रपथ परिक्रमा गरेका थिए । उनीसंग भेटेपछि जादुको बारेमा उनलाई चासो बड्दै गयो । जादु हेर्दै गएपछि उनलाई जादु सिक्न मन लाग्यो । तर, व्यावसायिक रुपमा जादुगर बन्छु भन्ने सपना त्यति बेलासम्म देखिसकेका थिएनन् । उनी संगतकै कारण जादुप्रति आर्कषित भएका थिए । उनको सोच थियो एकदुई वटा सिक्छु र साथीहरुलाई देखाउछु । तर, सिक्दैगएपछि जादु उनको नशामा बस्यो । त्यसबाट उम्कन सकेनन् । एकपछि अर्को जादु सिक्दै, विभिन्न ठाउहरुमा देखाउदै गए । त्यसले उनलाई हौसला दियो । मनमनै सोचेँ–‘एकदिन अवश्य म यो जादुकै कारणले नेपाललाई विश्वभरी चिनाउछुँ । आफ्नो पहिचान जादुमै बनाउछु ।’

उनी मास्केलाई जादुको गुरु मान्छन् । उनकै कारण आफ्नो जीन्दगीले निश्चित बाटो लिएको बताँउछन् । सामान्य जादु मास्केबाट सिकेपनि त्यसपछि आफ्नो अध्यन अनुसन्धान र अभ्यासले जादुमा पहिचान बनाउन सफल भएको तर्क गर्छन् । उनले जादु सिक्ने समयमा ईन्टरनेट सहज उपलब्ध थिएन् । अन्य सामानहरु पनि सजिलै पाइदैनथ्यो । जे गरेपनि आफैँ दिमाग लगाउनुपथ्र्यो नयाँ आईडिया प्राप्त गर्ने सन्र्दभ सामाग्रीहरु केही थिएन् । उनी अहिले जादु सिक्न धेरै सजिलो भएको बताउछन् । उनले ईन्टरनेटको माध्यमबाट धेरै जादुका टेकनिकहरु सिकेका छन् । त्यही हेरेर, अनुसन्धान गर्दै मोर्डन जादु सिकेका छन् ।उनी भन्छन्–‘अहिले मैलै अन्र्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त जादुगरहरुले देखाउने जादुहरु देखाउन सक्छु । जुन नेपालका अन्य जादुगरहरुलाई गर्न आउदैन् ।’

१७ वर्षको उमेरमा मास्केसंग भेट नभएको भए उनी जे पनि हुन्थे । या अहिलेसम्म केहीहुदैनथे । १७ वर्षे उमेरको कारणले गर्दा नै जादुको एकपछि अर्को स्टेपमा आर्कषण भएको उनको तर्क छ । जादुमा आर्कषण बड्दै थियो, उनले जादु सिक्दै थिए । त्यतिबेला भारतीय टेलिभिजन च्यानलमा जादुगर युगेस सरकारको मोर्डन म्याजिक भन्ने जादुको कार्यक्रम आउथ्यो । त्यो कार्यक्रम हेरेपछि उनको जादुप्रतिको सोच बदलियो । जादुमा धेरै गर्न सकिने रहेछ भन्ने भावना बिकास भयो । जादुमा लाग्नको लागि प्रेरणा सावित भयो । उनी जादु सिक्दै गर्दा प्लस टु पनि पास भए । स्नातक तहमा मिन भवन क्याम्पसमा भर्ना भए । स्नातक तह भर्ना गर्नु मात्रै भयो । जादु देखाउने व्यस्तताले पास गर्न सकेनन् । स्नातक पास गर्न नसकेपनि जादुप्रतिको लगाव र सर्मपणले गिनीज बुक अफ वल्र्डस रेकर्डमा नाम लेखाए । विश्वसामु नेपालमा पनि जादुगर छन भन्ने सन्देश दिए ।

यसरी लेखियो गिनीज बुकमा नाम

गिनीज बुक वफ वल्र्ड रेर्कड्समा नाम लेखाउन सजिलो थिएन् । जादु सिक्दै गर्दै गर्दा सात आठ वर्ष भइसकेको थियो । उनीसंग जादु गर्ने बाहेक अन्य कला केही थिएन् । बाच्ने आधार जादु मात्रै थियो । नेपालमा व्यावसायिकता नभएकाले पहिचान थिएन् । त्यही पहिचान बिहिन कला देखाएर नै उनले समय कटाइरहेका थिए । जादु देखाएर आएको आम्दानीले जीवन काटीरहेका थिए । सुरुमा उनी जादुकला जानेपनि स्टेजमा गएर जादु देखाउन सक्दैनन् थिए । सानैदेखि लजालु र लास्ट बेन्चर भएकाले दर्शकसंग फेस गर्ने सामथ्र्य विकाश भएको थिएन् । जादु कला आउथ्यो स्टेजमा गएर देखाउन सक्दैनथिए । उनलाई फसाद प¥यो । धेरै संर्घष गरेर जानेको एउटै काम छ, देखाउन आउदैन् । अब के गर्ने उनी दोधारमा परे । त्यसपछि उनी रविन्द्र मास्कले जादु देखाउने स्टेजमा जान थाले । जादु देखाउने सामान पक्रेर स्टेजमा देखिन्थे । त्यहिँ उभिएकै कारणले आत्मविस्वास बढ्दै गयो ।

धेरै ठाउमा त्यसैगरि उभिएपछि ‘म पनि सक्छु अब’ भन्ने आत्मविस्वास महशुस भयो । त्यसैगरि स्टेजमा उभिने क्रममा एकदिन एउटा जादु देखाउने मौका पाए । त्यो क्रम कार्यक्रमहरुको पिच्छे बढ्दै गयो । कार्यक्रम भएको विभिन्न ठाउँमा धेरै जादु देखाइसकेपछि उनी स्टेजमा जादु देखाउन पोख्त भए । एकदिन चाहवीलको न्यु ईंगलिस बोर्डिङ स्कुलमा कार्यक्रम थियो । जादुगर मास्केलाई जादुकला देखाउन मुड आएन् । मास्केले उनलाई आग्रह गरे । मौका कुरेर बसेको उनलाई ढुंगा खोज्दा देउता भेटेजस्तै भयो । उनले जादु देखाए ।

दर्शकहरुबाट सोचेभन्दा राम्रो प्रतिक्रिया आयो । उनी हौसिए । आत्मविस्वास बढ्यो । केही गर्न नसकेपनि जादु देखाएरै बाच्न सक्छु भन्ने सोच आयो । त्यसपछि अन्य स्कुलहरुमा साथीभाईहरुको माध्यमबाट जादुको स्टेज कार्यक्रमहरु गरे । विभिन्न स्कुल र संघसस्थाहरुमा एक्लै कार्यक्रम देखाउन थाले । एकपछि अर्को कार्यक्रम गर्दैै उनको दिनचर्या बित्यो । जीवन काट्ने आम्दानीको एकमात्र श्रोत जादु भयो । दिन, हप्ता, महिना र वर्षहरु गर्दै आठ वर्ष बिताए । त्यतिन्जेल उनले जादुमा धेरै नयाँ नयाँ टेक्निकहरु सिकिसकेका थिए ।

नेपालमा जादुगर अत्यन्त थोरै छन् । ब्यावसायिक रुपमा जादु गर्नेहरु औलामा गनिने छन् । अन्य देशहरुमा जादुगरहरुको विभिन्न संघसस्थाहरु छन् । नेपालमा कुनै जादुको संघसस्था अहिलेसम्म खुलेको छैन् । जादु गरेरै नेपालमा बाच्न गाह्हो भएको मैनालीले अनुभव गरेका छन् । गिनीज बुकमा नाम लेखाउन सजिलो हुने त कुरै भएन् । उनी आफुले देखाएको जादुको फोटो र भिडीयोहरु बनाएर सामाजिक सञ्जालमा अपलोड गर्थे । आफुले विभिन्न ठाउमा गरेको कार्यक्रमहरुको जानकारी दिन्थे । सामाजिक सञ्जालमा सक्रिय उनको क्रियाकलाप भारतको ‘ईन्टरनेशनल बद्रर अफ म्याजिसियनले’ नियालिरहेको रहेछ ।

उनलाई त्यँहाबाट जादु गर्नको लागि इमेल आयो । जादुको कार्यक्रमको गर्नको लागि बोलाइएकाले उनी गए । त्यहाँ गिनीज बुकको लागि तयारी भईरहको रहेछ । उनले कार्यक्रम सकिसकेपछि सो कुरा थाहा पाए । उनले १६४ जनासंग मिलेर जादु देखाए । त्यही नै गिनीज बुक अफ वल्र्डस रेकर्डमा एकैचोटी एउटै स्टेजमा सबैभन्दा धेरै मानिसले गरेको जादुको रेर्कड बस्यो । वल्र्ड रेकर्ड बनाउने टिमको उनी एउटा सदस्य थिए । त्यो भन्दाअघि ईटालीका जादुगरहरुले १५४ जनाले एकैपटक जादु देखाएर बनाएको रेकर्ड उनीहरुले तोडेका थिए ।

नेपालमा जादुु सम्भव छ, संर्घष गरेन भने जादु गरेर बाच्न गाहे छ

नेपालमा नृत्य सिक्ने ठाँउ छ । खेलकुद सिक्ने ठाँउ छ । कला, मनोरञ्जन, खेलकुद, जस्ता सबै क्षेत्रहरुको ज्ञान लिने प्रसस्तै ठाउँ छ । उनीहरुको हक हितमा काम गर्ने संग संगठन र सस्थाहरु छन् । तर, जादु सिक्ने ठाँउ खोजेपनि पाईदैन् यस्तो ठाँउमा जादु सिक्नु, जादु गर्नु, र जादु गरेरै जीवन काट्न अत्यन्त गाह्हो हुने सुरज बताँछन् । जादु गर्न प्रयोग गर्ने सामग्रीहरु विशेष प्रकृतीका हुन्छन् । ती सामानहरु भारतबाट मगाउनुपर्ने हुन्छ । महंगो त छदैछ ठुलो मात्रामा नमगाए आउन गाह्हो छ । त्यसैले उनी जादु गर्न सोचेजस्तो सजिलो नभएको बताउछन् ।

नेपालमा जादुको क्षेत्रमा राम्रो क्रेज नभएपनि यो क्षेत्रमा रहेको गुनासो छैन् । उनी आज जे छन् जादुकै कारणले छन् । उनले जादुकै कारणले विभिन्न ठाँउमा सम्मानहरु पाएका छन् । उच्च पदमा रहेका विभिन्न व्याक्तित्वहरुलाई भेटेका छन् । एभरेष्ट बुक अफ वल्र्ड रेकर्डमा नेपाल बाहिर गएर जादु सो गर्ने पहिलो नेपालीको नाममा विश्व किर्तीमान राखेका छन् । कुवेतको जादु एशोसियन संघको लाईफ टाईम सदस्यता लिएका छन् । राज परिवारको निजी कार्यक्रममा जादु देखाएका छन् । विभिन्न दुताबास र अन्र्तराष्ट्रिय ब्रान्डहरुले जादुको लागि उनलाई बोलाउछन् । त्यसैले उनी जादु कर्ममै मस्त र ब्यस्त छन् ।

जादुमै केही गर्ने योजना

उनले नेपाली जादुलाई विश्वभरी चिनाउन पहल गरिरहेका छन् । सार्क कन्फ्रेन्समा जादाँ विश्वका धेरै जादुगरहरु संग भेटेर उनी उत्साहित भएको बताउछन् । ‘अन्य देशहरुमा जादु सस्थागत भएको छ, व्यावसायिकता छ । तर हाम्रोमा त्यस्तो केही भएको छैन् ।’ उनी गुनाशो पोख्छन् –‘सबै जादुगरहरुसंग भेटेर सस्था खोल्न मैले पहल गरे, तर कोही सकरात्मक देखिएनन् । उनीहरु ए बी सी डी सिकेर रमाएका छन् । वाक्य बनाउनुपर्छ भनेर सोचेका छैनन् । धेरैजसो नेपाली जादुगरहरु कुवामा रमाउने भएकाले समुन्द्रमा पुग्न नसकेको हो ।’

‘जादुलाई किन कला मानिदैन् ? जादुलाई किन सिर्जना मानिदैन् ? जादुलाई किन संस्थागत गरिदैन् ?’ उनीसंग प्रश्नहरुको चाङ छ । उनी थप्छन्–‘ नेपाली जादुगरहरुलाई केही नयाँ प्रयोग गर्न आउदैन् । वर्षौदेखि रत्नपार्कमा बसेर जादु भन्दै चटक देखाएर बसेका छन् । कोही नयाँ कुराहरु सिक्न चाहैनन् ।’ तर, उनी सिक्न चाहन्छन् । विभिन्न विदेशी जादुगरहरुसंग सामाजिक सञ्जाल प्रयोग गरेर सिकिरहेका छन् । इन्टरनेटबाट सिकिरहेका छन् । नेपाली जादुमा नयाँ गर्ने अनुसन्धान र अभ्यास उनले छोडेका छैनन् । त्यसैले उनी आफुलाई जादुको लागि संर्घष गरिरहेको व्याक्ति भन्न रुचाउछन् ।

‘किन यस्तो संर्घष त ?’

उनी एउटा रोचक घटना सुनाउछन्–‘जादु सिक्न सुरु गर्दै गर्दा मलाई जादु धेरै सिक्नुपर्छ भन्ने चाहना थियो । सिक्नको लागि अहिलेको जस्तो धेरै बिकल्पहरु थिएन् । जादु सिक्न रत्नपार्कमै एउटा जादुगरकोमा गएँ । १० हजार लेउ अलिकती सामान लैजाउ,जादुगर बन, पैसा कमाउ ।’ जादुगरबाट यस्तो जवाफ आयो । त्यहाँबाट नेपाली जादुगरमा जादु सिक्ने, यसको बिकास गर्ने भिजन रैन छ भन्ने प्रष्ट भए । र, जादुमै संर्घष गरेर नेपाली जादुलाई माथि पु¥याउने प्रण गरे ।

जादुबाट समाजसेवा

उनले जादु गरेर पैसा मात्र कमाएका छैनन् । जादुको माध्यमबाट समाजसेवा समेत गरेका छन् । अमेरिकन जादुगर ‘रन फ्लावर’ नामक जादुगरसंग मिलेर भुकम्प प्रभावित जिल्लाका विभिन्न ठाँउमा गएर जादु देखाएका छन् । जसको कारण भुकम्पको डर त्रासमा बसेकाहरु एकछिन भएपनि हास्छन् । पीडाँहरु भुल्छन् । मन हलुका पार्छन् । मानशिक रुपमा उनीहरुको मनोरोग ठिक हुन्छ । यस्तो काम धेरै ठाउँमा महिनौसम्म गरे । त्यस्तो काम गर्दा उनी खुसी त थिए नै । ती विभिन्न ठाउबाट आएका राम्रा प्रतिक्रियाहरुले जादु गर्न उर्जा प्रदान गरेको बताउछन् ।

भुकम्पको असर कम हुदै गएपछि उनले विभिन्न एनजीओहरुसंग सहकार्य गरेर जादु देखाए । विभिन्न अस्पतालहरुमा गएर बालबच्चाहरुलाई मनोरज्जन गराए । असम्भवलाई पनि सम्भव तुल्याएको जादु देखाएपछि अस्पतालमा निराश भएका बालबालिकाहरु खुसी हुन्थे । त्यहाँबाट पनि जादु गर्न उर्जा मिल्थ्इो । उनी जादुको माध्यमबाट विभिन्न स्कुलमा गएर प्रेरणदायी कथाहरु भन्छन् ।

जादुबाट नै उनले समाजसेवा र पे्ररणादायी कामहरु गर्न भ्याएका छन् । अझै समाजसंग जोडिएर काम गर्न योजनाहरु धेरै बनाएका छन् । जादुबाट उनले जीवनमा धेरै अवीस्मरणीय क्षणहरु भोगेका छन् । आफ्नो जीवन खुसी साथ बाचेका छन् । ती धेरै मध्ये एउटा घटना जीवनभर बिर्सन नसक्ने बताउछन् । जादु सिक्ने सुरुवाती चरणहरुमा विभिन्न ठाउबाट जादु देखाउन बोलाउँथे । एकदिन एउटा बच्चाको बर्थ डे मा जादु देखाउन गएका थिए । बच्चाको घाटीबाट तरबार छिराउने जादु थियो । बच्चालाई चोट लाग्यो । धन्न त्यो बच्चालाई केही भएन् । त्यो घटनापछि उनले तरबार छिराउने जादु देखाउन छोडिदिए । त्यस्ता किसिमका धेरै घटनाहरु जादु देखाउने क्रममा हुने गर्छन् । ती सबै समाधान गर्न आफु सक्षम रहेको बताउछन् । उनी जादुलाई चटकको रुपमा नलिन आग्रह गर्छन् । जादु बिज्ञान हो । ‘फर्मुला हो । यो हातको सफाई हो । आखाँको सफाई हो । दिमागको खेल हो । असम्भवलाई सम्भव तुल्याउन सक्ने भ्रम हो ।’

उनी भन्छन्–‘जादु चमत्कार हैन्, धामीझाक्री हैन् । ठगी खाने पेशा हैन् ।’ लगनशिल भएर जादुमै लाग्यो भने जादु गरेर बाच्न सकिने बताउछन् । त्यसको लागि नयाँ नयाँ टेकनिकहरु सिक्न जरुरी रहेको ठान्छन् । ‘मैलै १० वषैदेखि जादु देखाउदै आएको छु । यही पेशा गरेर जीवन धानेको छु । ’ उनी भन्छन्–‘ कला हुनेहरुको लागि जादु गरेर बाच्न सम्भव छ ।’ उनी जादुलाई विद्यालय अस्पतालमा पनि अनिवार्य रुपमा राख्नुपर्ने बताउछन् । ‘विरामी भएर थलिएका बिरामीहरुले जादुको माध्यमबाट थोरै भएपनि हौसला र आत्मविस्वास पाउछन् । असम्भवलाई सम्भव पारेको देख्दा जीवनदेखि हार खाएकाहरुलाई बाच्ने आशा बड्छ ।’उनी थप्छन्–‘ विद्यालयका अतिरिक्त क्रियाकलाप अन्य खेलकुद र नृत्य कलाजस्तै जादुलाई पनि राख्ने हो भने बच्चाहरु स्कुल जान्छन् । जादुुको माध्यमबाट मनोरञ्जन गर्दै उनीहरुलाई पढाउन पनि सकिन्छ ।’

- सागर बुढाथोकी