खेल

राष्ट्रिय महिला लिग फुटबलमा गोलको वर्षा, सावित्रा एक्लैले गरिन् ९ गोल

बुधबार, १७ जेठ २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

राष्ट्रिय महिला लिग फुटबलमा गोलको वर्षा, सावित्रा एक्लैले गरिन् ९ गोल

जेठ १६ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता मंगलबारदेखि पाल्पा र स्याङ्जामा सुरु भएको छ ।

२८ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा १४ जिल्लाले स्याङ्जामा र १४ जिल्लाले पाल्पामा सहभागिता जनाउँदैछन् । स्याङ्जामा भएका पहिलो दिनका खेलमा स्याङ्जाले धनकुटालाई १३–१ को फराकिलो अन्तरमा पराजित गर्‍यो । सावित्रा भण्डारी एक्लैले ९ गोल गरिन् । मंगलबारै बाँके र सुनसरीबीचको खेल गोलरहित बराबरीमा सकियो । त्यस्तै, रौतहटले पाँचथरलाई १५–० ले हरायो ।

पाल्पामा भएको खेलमा झापाले दाङलाई ९–० ले, काठमाडौंले मकवानपुरलाई २–० ले तथा कन्चनपुरले भोजपुरलाई १–० ले हरायो ।