राजनीति

‘विजुक्छेको आदेश नभइ भक्तपुरमा पात पनि हल्लिदैन’ भन्ने कुरा सत्य रहेछ

शुक्रबार, ०५ जेठ २०७४ गते मा प्रकाशित

narayan-man-bijukchhe

जेठ–५ । भक्तपुरमा नेवारहरुको सघन बस्ती भएको भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीको गढ नै हो । भन्नेहरुले ‘भक्तपुरको यो क्षेत्रमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे सर्बमान्य शक्तिशाली हुन्’ भन्छन् । वास्तविकता पनि त्यस्तै देखिएको छ ।
नेमकिपाबाट मेयरमा उठेका सुनिल प्रजापतिले झण्डै १३ हजार बढी मत अन्तरले अग्रता लिएका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतअन्तर यो नै सबैभन्दा बढी हो ।
भक्तपुर नगरपालिका प्रमुखका उम्मेदवार प्रजापतिले १८ हजार ८० मत पाएका छन् । नेपाली कांग्रेसका रामप्रसाद बासुलाले ५ हजार ४ सय ८६ मतसहित प्रजापतिलाई पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार विष्णु सुवालको ३ हजार १५ मत छ ।