राजनीति

एमालेलाई पछ्याउदै साझा पार्टी ललितपुरमा कसले मार्छ बाजी

शुक्रबार, ०५ जेठ २०७४ गते मा प्रकाशित

Party


जेठ ५ । ललितपुर महानगरपालिकाको मतगणना जारी रहेको छ ।

अहिलेसम्म भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको १३ हजार २३ मत रहेको छ भने उनलाई पछ्याइरहेका एमालेलका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारको ११ हजार ५ सय ८ मत रहेको छ ।

त्यस्तै एमालेलाई पछ्याउँदै साझापार्टीका रमेश महर्जनले ६ हजार ८ सय ९३ मत हाँसिल गरेका छन् । माओवादी भने ३ हजारको हाराहारीमा मात्रै छ । त्यस्तै उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी गीता सत्यालको ९ हजार ८ सय १५ मत रहेको छ भने दोस्रोमा साझापार्टी रहको छ ।

साझाकी शोभा श्रेष्ठको ६ हजार ९२ मत रहेको छ । त्यस्तै माओवादी केन्द्रकी उम्मेदवार हसिना शाक्यको ४ हजार ४ सय ९८ मत रहेको छ । राप्रपाका बाबुकाजी प्रधानको ३ हजार ६ सय ३७ मत रहेको छ ।