राजनीति

पत्रकारलाई समेत पस्न नदिएर १२ घन्टा मत गणना रोकेपछि एकाएक भरतपुरमा रेणु बलियो भएर आइन्

शुक्रबार, ०५ जेठ २०७४ गते मा प्रकाशित

Renu-dahal-and-Debi-gyawali

जेठ–५ । भरतपुर महानगरपालिकाको मतगणनामा चमत्कारिक ढंगले नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अन्तर घटाएकी छन् । बिहीबारसम्म १५ सय मतले पछाडि परेकी दाहाल शुक्रबार चारसय मतले मात्रै पछाडि छिन् । रेणुको अहिलेको मत ११ हजार १ सय ४२ छ भने नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको मत ११ हजार ५ सय ८४ छ । 

रहस्यमय विवादका कारण भरतपुरमा १२ घन्टा मत गणना रोकिएको थियो । पत्रकारलाई समेत मतगणनाको सूचना दिइएको थिएन । मतगणनाको रिपोर्ट नदिएपछि पत्रकारहरुले भरतपुरमा नाराबाजी गरेका थिए ।