समाचार

भरतपुर मतगणना स्थगित, काँग्रेस-माओवादी कार्यकर्ताद्वारा नाराबाजी

शनिबार, ०६ जेठ २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

भरतपुर मतगणना स्थगित, काँग्रेस-माओवादी कार्यकर्ताद्वारा नाराबाजी

चितवनः भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । वडा नं ९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको हो।

कम्प्युटरमा इन्ट्री गरेको मत संख्या उम्मेदवारका प्रतिनिधिले राखेको मत संख्या फरक आएको भन्दै काँग्रेस-माओवादी कार्यकर्ताले वडा नं ९ को मत पुनः गणना गर्न माग गर्दै नाराबाजीसमेत गरेका छन् ।

मत जोड्दा निर्वाचन आयोगले त्रुटी गरेको आरोप माओवादी केन्द्र र कांग्रसेले लगाएका छन्। उनीहरुले निर्वाचन आयोग र कर्मचारीहरुको विरोध गर्दै नाराबाजी गरेका हुन्।