खेल

ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको ‘ड्र’ सार्वजनिक

शुक्रबार, ०५ जेठ २०७४ गते मा प्रकाशित

football-agency

ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको ‘ड्र’ सार्वजनिक भएको छ ।

जेठ १३ देखि २९ गतेसम्म हुने दोस्रो संस्करणको प्रतियोगितामा १४ टोलीको सहभागी रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी शुक्रबार ‘ड्र’ सार्वजनिक गरिएको हो ।

प्रतियोगिताको समूह ‘ए’ मा झापा–११, सशस्त्र प्रहरी बल (एपीएफ), सरस्वती युथ क्लब र च्यासल युथ क्लब छन् । समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्ड्स क्लब र सुदूरपश्चिम फुटबल क्लब छन् ।

यस्तै समूह ‘सी’ मा लुम्बिनी फुटबल क्लब, जावालाखेल युथ क्लब, हिमालयन शेर्पा क्लब र एनआरटी क्लब छन् । समूह ‘डी’ मा संकटा क्लब, नेपाल पुलिस, ब्रिगेड ब्वाइज क्लब र मोरङ फुटबल क्लब छन् ।

एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा गत वर्ष देखि यू–१८ प्रतियोगिता गर्न थालिएको हो ।