वर्ल्ड

इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै

शुक्रबार, ०५ जेठ २०७४ गते मा प्रकाशित

iran debate

तेहरान : इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार (आज) विहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो । मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुगेका थिए ।

इस्लामीक गणतन्त्रात्मक मुलुकका लागि राष्ट्रपतिय निर्वाचन निकै महत्वपूर्ण हुने भएकाले निर्वाचनमा जनताले ध्यान दिनुपर्ने सर्वोच्च नेता खामेनीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको क्रममा भने । सिन्ह्वा