अपराध सुरक्षा

अपराधीसँग आफै भेट्ने, अनि मुद्धा फिर्ता पनि हुँदैन भन्ने यी कस्ता प्रधानमन्त्री

शुक्रबार, ०५ जेठ २०७४ गते मा प्रकाशित

resham choudhari

जेठ–५ । टीकापुरमा भएको विभत्स हत्याकाण्डका अपराधिहरुको मुद्धा फिर्ता नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नीजि सचिवालयले कैलालीको टिकापुर लगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीमाथिको मुद्दा फिर्ता नहुने स्पष्ट पारेको छ ।

बिहीबारको मन्त्रीपरिषद बैठकले तराई–मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयलाई लिएर सञ्चार माध्यमहरुमा आएका समाचारबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता लिने सरकारी निर्णयसम्बन्धि प्रकाशित समाचारको खण्डन गरेको हो ।

मन्त्रीपरिषदको बैठकले टिकापुर लगायतका हत्याका घटनामा संलग्न नभएका तर आशंका र पूर्वाग्रहकै आधारमा झुट्टा मुद्दा लगाइएका व्यक्तिका मुद्दा कानून बमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानून मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।