राजनीति

चन्द्रागिरि–९ मा एमालेको प्यानलै विजयी

बिहिबार, ०४ जेठ २०७४ गते मा प्रकाशित

CPN UML

काठमाडौंः चन्द्रागिरि नगरपालिका वडा नम्बर–९ मा नेकपा एमालेको समूह नै विजयी भएको छ ।

वडाध्यक्षमा देवेन्द्र महर्जनले ८०७ तथा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्यूत अधिकारीले ५८४ मत प्राप्त गरेका छन् । सदस्यमा चन्दिका श्रेष्ठ, बच्छी सर्केनी, रामकृष्ण श्रेष्ठ र सुरेन्द्र केसी विजयी भएका छन् ।

प्रमुखको मतगणनामा हालसम्म कांग्रेसका घनश्याम गिरीले सात हजार २४९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने एमालेका प्रह्लाद कार्कीले चार हजार ९५० मत प्राप्त गरेका छन् । हालसम्म उपप्रमुखमा कांग्रेसका इन्द्रावती श्रेष्ठले पाँच हजार ८९६ र एमालेका लीसा नकर्मीले पाँच हजार ५६६ मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिए ।

कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले ८ र १० वडाको मतगणना जारी छ ।