राजनीति

पोखरामा एमाले लियो अग्रता, उपमेयरमा पनि एमाले नै अगाडि

शुक्रबार, ०५ जेठ २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

पोखरामा एमाले लियो अग्रता, उपमेयरमा पनि एमाले नै अगाडि

पोखरा लेखनाथ महानगरपालिकामा एमालेले अग्रता बढाएको छ । पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले ९४१५ मतसहित अग्रता लिएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँवरले ९१६८ मतसहित पछ्याइरहेका छन्।

यस्तै उपमेयरमा पनि एमालेकै मञ्जुदेवी गुरूङले ९२०४ मतसहित अगाडि छन् भने कांग्रेसकी सरस्वती गुरूङले ७९१७ मतसहित पछ्याइरहेकी छन्।