समाचार

Breaking News

अन्तरवार्ता

चितवनका एमाले कार्यकर्ता भन्छन्–‘कांग्रेस उठेको भए हारिने रैछ ’

मङ्गलबार, ०२ जेठ २०७४ गते मा प्रकाशित

Renu-dahal-and-Debi-gyawali


स्थानिय चुनावको मतपरिणमको माहोल तातिरहेको बेला सवैको ध्यान चितवनको भरतपुर नगरपालिमा रहेको छ । कांग्रेस– माओबादी गठबन्धन रहेके उक्त क्षेत्रमा प्रधानमन्त्री पुत्री रेणु दहाल नेकपा एमालेका देवी ज्ञवालीसंग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

गठबन्धनबाट रुष्ट भएर कतिपय कांग्रेसका कार्यकर्ताहरुले कांग्रेसलाई नै भोट हालेको खबर छ । माओबादीसंग गठबन्धन गरेकाले उक्तमत रेणु दाहालको नाममा जोडिदैन् । त्यसैले गठबन्धन गरेपनि प्रारम्भिक मतगणणमा रेणु दहाल एमालेका देवी ज्ञवाली भन्दा पछाडि छिन् ।

१ प्रतिसत मात्र मत गणणा भएकाले कस्ले जित्ने आकलन गर्न नसकिने चितवनबाट एमालेका कार्यकताहरु बताउछन् । उनीहरु भन्छन्–‘भरतपुर कांग्रेसको गढ हो । कांग्रेस उठेको भए एमालेले जित्न कठिन थियो । गठबन्धनले गर्दा सजिलो भएको छ ।’

अझैपनि कस्ले जित्छ केही भन्न नसक्ने उनीहरु बताउछन् । कांग्रेसका केही प्रतिसत मात्र कार्यकर्ताहरुले रेणु दहाललाई भोट हाले भने रेणुको सम्भावना बलियो रहेको उनीहरु बताउछन् ।

अहिलेको ताजा स्तिीथिमा एमालेको ज्ञवालीको ११७७ मत छ भने रेणु दहालको ८९३ मत छ ।

टेलिफोन कुराकानीमा  आधारित