भिडियो

राजनीति

अध्यक्ष बैद्य भन्छन्, ‘प्रचण्डले कम्युनिष्टको राग अलापेर हैरानै पारे’ (भिडियोसहित)

शुक्रबार, १५ बैशाख २०७४ गते मा प्रकाशित

mohan-baidhya-nepalaaja


वैशाख– १५ । नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टको नाम जपेर हैरान पारेको बताएका छन् ।

नेपालआजसँगको कुराकानीका क्रममा अध्यक्ष वैद्यले भने, ‘बाबुरामले त खुलेरै सबै त्यागेको घोषणा गरे । कम्युनिष्ट हैन भने, इमान्दारीता देखाए । तर यी प्रचण्ड त कम्युनिष्टको नाम जपेर हैरान पारिसके ।’


बैद्यले बाबुराम र प्रचण्डमा कुनै फरक नभएको तर प्रचण्डले चाहीँ नक्कली कम्युनिष्ट बनेर जनता झुक्याइरहेको उल्लेख गरे । स्थानीय तहको निर्वाचनमा यसपटक पार्टीले चुनाव उपयोग गर्ने नीति लिएको उनले बताए । अध्यक्ष बैद्यले भने, ‘हाम्रो आफ्नै मोर्चा छ । मोर्चाका उम्मेदवारलाई हाम्रो समर्थन हुन्छ ।’

अहिलेको व्यवस्था, संविधानलाई राम्रो भनेर चुनावमा जाने निर्णय नभएको उनले स्पष्ट पारे । उनले भने, ‘भारतमा पनि लोकतान्त्रिक गणतन्त्र छ त । के त्यहा राम्रो भइरहेको छ ? राम्रो भएको भए किन चारु मजुमदारले विद्रोह गर्नु पथ्र्यो ? ’