अर्थ/बजार

शेयर

सेयर बजारमा सर्किट ब्रेक

मङ्गलबार, १५ चैत २०७३ गते मा प्रकाशित

nepse

चैत - १५ । सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद बिक्री भएको छ । उच्च वृद्धि भएपछि सेयर बजार बुलिस ट्रेन्डमा अगाडि बढेको जनाइएको छ । लगातार घट्दै आएको बजार करिब चार महिनापछि उच्च बिन्दुमा पुगेको हो । बजार बढेर एक हजार ६१० बिन्दुमा पुगेको छ । स्टकका अनुसार बैंकिङ समूह ७५.०९, होटल ७१.०९, विकास बैंक ८२.९७, जलविद्युत् १०६.५१, फाइनान्स ३८.९४, बिमा ५०३.११ र अन्य समूह १०.१२ प्रतिशतले बढ्दा उत्पादन समूहको भने कुनै पनि सेयर कारोबार भएन ।