राजनीति

उपेन्द्रले राजेन्द्र महतोको मुखैमा भनेछन् — आफ्नो नागरिकता खारेजीमा पर्ला कि भनेर डराउनलेले के कुरा गर्ने ?

बुधबार, १८ फागुन २०७३ गते प्रकाशित
- नेपाल आज (DR)

उपेन्द्रले राजेन्द्र महतोको मुखैमा भनेछन् — आफ्नो नागरिकता खारेजीमा पर्ला कि भनेर डराउनलेले के कुरा गर्ने ?

फागुन १८ । आन्दोलन आन्दोलन कर्ते र्हे, फिर बार्गेनिग मे जाते है । उनले अझै चर्किएर भने एसा डबल स्ट्याडर्डवाला बात नही होगा । १३ गते आन्दोनको रणनीति बनाउन थापागाउँ स्थित तमलोपा कार्यालयमा बसेको मधेसी मोर्चाको बैठकमा राजेन्द्र महतोको चरित्र आत्मसमर्पणवादी भएको आरोप लगाउने उपेन्द्र यादव पनि पहाडेहरुसँग मिलेर मधेसी समुदायको मागबाट पछि हटेको दोषारोपण भएको छ ।

कुरा थियो नाकाबन्दी गरेर जाने कि अन्य किसिमका कार्यक्रम घोषणा गर्ने ? महतोले हाँ हाँ पहिले भी दमदार नाकाबन्दी सही है ।मात्र के भनेका थिइ राजकिशोर यादव र अनिल झा पालै पालो पड्किए । पहिलाको नाकाबन्दीको बेला के के भयो याद छ ? उक्त नाकाबन्दीका कारण सरकारलाई दबाब भन्दा बढी मधेसी दल नेताको बदनाम गर्ने काम भएको, मधेसी अगुवा नै तस्करी र कालोबजारीमा लागेको तथा जनतामा विश्वास घटेको तिनले त्यहाँ सुनाए । उपेन्द्रले त भने नै आफ्नो नागरिकता खारेजीमा पर्ने हो कि भनेर डराउनेले आन्दोलनको नेतृत्व कसरी गर्न सक्छ ? जनआस्था साप्ताहिकबाट