राजनीति

बैंककको भ्रमण भनिएको थियो तर ज्ञानेन्द्र पुगे चीन पनि

सोमबार, ०२ फागुन २०७३ गते प्रकाशित
- नेपाल आज (DR)

बैंककको भ्रमण भनिएको थियो तर ज्ञानेन्द्र पुगे चीन पनि

फागुन २ । बाहिरभन्दा भित्र र स्वदेशमा भन्दा विदेशमा धेरै सक्रिय देखिन थालेका पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंकक गएका थिए र त्यतैबाट चीन पुगेका थिए । यसपटकको बैंकक भ्रमणमा पनि उनले चीन र भारतका रहस्यम दूतहरुसँग भेटघाट गरेको स्रोतको दाबी छ । प्रमुख तीन दल संविधान कार्यान्वयनका लागि निर्वाचनको मिति घोषणा गर्न असफल भइरहेको बेला गणतन्त्रलाई अश्विकार गर्ने प्रमुख शक्तिका नायक मानिएका पूर्वराजा ज्ञानेन्द्रको भ्रमण भएको हो । गणतन्त्र र दलहरु असफल भएको निष्कर्षसहित व्यवस्था विस्थापनको अभियानमा जुट्दै स्व्देश तथा विदेशका राजनीतिक शक्तिहरुसाग छलफलका लागि उनी २०७३ माघ २० गते बैंकक पुगेका थिए । त्यहाँ गोप्य राजनीतिक घेटघाट गरेर माघ २७ मा उनी स्वदेश फर्किएको खबर छ । बैककमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीका विशेष पात्रसँग यो पटक पनि गोप्य रुपमा विशेष वार्ता भएको ज्ञानेन्द्र शाह निकट स्रोत बताउँछ । –साँघु साप्ताहिकबाट