राजनीति

मतपेटिका बोकेको गाडीमा बम विष्फोट

शुक्रबार, २२ मङि्सर २०७४ गते मा प्रकाशित

Bomb


सिन्धुली । सिन्धुलीमा हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा बिहीबार साँझ बम विस्फोट भएको छ । बिहीबार भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी–साधनमा लक्षित गरी बम पड्काइएको हो ।

हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका ‘क’ र ‘ख’ मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी–साधनमा लक्षित गरी बम विस्फोट गराइएको थियो ।

सोहीक्रममा ना३च ९४७१ नम्बरको बोलेरोको सिसा सामान्य चर्किएको बताइएको छ । बम विस्फोट गराइएपनि मतपेटिका बोकेको सवारी र सुरक्षाकर्मीलगायतको टोलीलाई भने कुनै असर नपुगेको सिन्धुलीका प्रजिअ जनकराज दाहालले जानकारी दिए ।