समाचार

उपत्यकाबाट एक हजार २०० सवारी नियन्त्रणमा

बिहिबार, २१ मङि्सर २०७४ गते मा प्रकाशित

kathmandu-district-jilla

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्वाचनको अवज्ञा गरी सवारीसाधन चलाएको भन्दै एक हजार २१९ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । 

काठमाडौँ उपत्यकाबाट बुधबार राति १२ बजेदेखि बिहीबार अपराह्न ४ बजेसम्म उक्त सवारी साधनलाई महाशाखाले नियन्त्रणमा लिई कारबाही गरेको हो । महाशाखाले निर्वाचनको समयमा सवारी साधन नचलाउन आग्रह गरेकोे थियो । 

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल एक हजार १६२, चारपाङ्ग्रे ५० र भारी सवारी साधन सातवटा रहेको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।