मुख्य समाचार

काठमाडौंको पुरानो नैकापमा बम विष्फोट

बिहिबार, २१ मङि्सर २०७४ गते मा प्रकाशित

bomb-650x405

काठमाडौं । काठमाडौंको पुरानो नैकाप मतदान केन्द्र नजिक बम विष्फोट भएको छ ।

पुरानो नैकाम विद्या मन्दिर तीनथाना संतुगल मतदान केन्द्रका १० मिटर पर वाँसको झ्याङ्गमा बम विष्फोट भएको हो । विफोष्टबाट कुनै मानवीय र भौतिक क्षति नभएको स्थानीयले जानकारी दिएका छन् । मतदातामा त्रास उत्पन्न गर्ने र प्रभावित गर्ने उद्देश्यले विष्फोटन गराईको प्रहरीले बताएको छ ।

घटना स्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको छ ।