राजनीति

जीवनभर निदाएकी आरजुले चुनावमा सरकारी हाकिम आफैसँग लगेर गाउँमा यसो भनिन्

बुधबार, २० मङि्सर २०७४ गते मा प्रकाशित

arju rana deuba

काठमाडौं । पश्चिमाञ्चललाई सुनको टुक्रा बनाउँछु भन्दै धनगढीबाट उठेकी प्रधानमन्त्रीपत्नी डा. आरजु देउवाले खाएको, बसेको पैसासमेत नतिर्ने बानीबाट धनगढीदेखि महेन्द्रनगरसम्मका होटल व्यवसायी हैरान भएका छन् । आरजुको चुनावमा खटिने कार्यकर्तालाई खाने बस्नेदेखि मोटरसाइकल गाडीसम्मको खाँचा छैन । उनले टोलटोलमा समूह समूहमा विविध काम र शीर्षक अन्तर्गत मागबमोजित रकम उपलब्ध गराउँदै आएकी छन् । 

बाटो, पुल तथा अस्पताल निर्माणकालागि सम्बन्धित सरकारी कार्यलयका कर्मचारीलाई आफूसँगै उपस्थित गराएर योजना तुरुन्त बनाई कार्यान्वयनमा लागि हाल्न निर्देशन पनि दिने गरेकी छन् ।
यसरी पानीसरी पैसा उडाउने उनका लागि खर्च भने कसरी हात पारिँदो रहेछ भन्ने यो एउटा उदाहरण मात्रै पनि हो । जनतामाझ सरकारी कार्यालयका हाकिमहरुलाई हप्काएर कुरा राख्ने उनले छुट्टै हुनासाथ अघि कडासँग प्रस्तुत भएकोकामा नरिसाउनुहोला । त्यति गरेन भने जनताको विश्वास जित्न सकिँदैन भनी क्षमाको भाव पनि देखाउँछिन् ।
–जनआस्था साप्ताहिकबाट