खेल

मलेसियाको खेलाडीलाई उसकै ‘होम ग्राउण्ड’मा धुलो चटाएर राखे रबीन्द्रले नेपालको नाम

बुधबार, २० मङि्सर २०७४ गते मा प्रकाशित

24581328_1534910273231356_34063053_n

काठमाडौं । मेलेसियामा सम्पन्न चौथो अन्तर्राष्ट्रिय क्लब कराते प्रतियोगिता ‘केएल मेयर्स कप’मा नेपालका रबीन्द्र मानन्धरले मलेसियाकै खेलाडीलाई पराजित गरेर स्वर्ण जितेका छन् ।

डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म राजधानी क्वाललम्पुरमा सम्पन्न प्रतियोगितामा नेपालका रबीन्द्रले स्वर्णपदक जितेका हुन् । रबीन्द्रको स्पर्धामा इरान र सिरियाका खेलाडी तृतीय भए । नेपालका रबीन्द्रले पहिलो बाउटमा ५–०, दोस्रो बाउटमा ३–२, तेस्रो बाउटमा ५–० र फाइनलमा ५–० अन्तरले प्रतिस्पर्धा जितेका थिए ।