खेल

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप : युएर्इलार्इ २२२ रनकाे लक्ष्य

बुधबार, २० मङि्सर २०७४ गते मा प्रकाशित

u-19 cricket

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा नेपालले आज युएईसँग खेल्दैछ । टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० अाेभरमा ६ विकेट गुमाउँदै २२१ रन बनाएकाे छ ।

नेपालका लागि शरद भेष्वाकरले नटआउट ८१ रनकाे याेगदान दिए । त्यस्तै उप–कप्तान ज्ञानेन्द्र मल्ले ५४ तथा कप्तान पारस खड्का र साेमपाल कामीले समान २०–२० रन बनाए । 

युएर्इकाे लागि जहुर खानले सर्वाधिक २ विकेट लिए । त्यस्तै कप्तान राेहन मुस्ताफा, अहम्मद राजा, माेहम्मद नाभिदले एक–एक विकेट लिए । 

यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ । ८ टोली सहभागी प्रतियोगितामा नेपाललाई पाँचौ हुने अवसर छ । शिर्ष चारभित्र पर्न सकेको खण्डमा नेपाल सोही श्रेणीमा रहन्थ्यो भने अर्को वर्ष हुने विश्वकप क्रिकेट छनौट चरणमा स्थान पनि सुरक्षित गर्दथ्यो ।

तर प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि नेपाल दोस्रो डिभिजनमा झर्न बाध्य भएको हो । नेपलासँगै युएई र नामिबिया पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन टु मा झरिसकेका छन् । स्कटल्याण्ड, हङकङ र केन्यामध्ये थप एक टोली डिभिजन टु मा झर्नेछ ।

युएई विरुद्ध उसैको मैदानमा आज र पर्सी हुने दुई खेललाई नेपालले आसन्न डिभिजन टु प्रतियोगिताको तयारीका रुपमा हेरेको छ । डिभिजन टु प्रतियोगिताका आगामी फेब्रेअरीमा नामिबियामा हुनेछ ।