राजनीति

भिडियो

उर्लियो विशाल जुलुस, दरबारमार्गमा शिवका सेनाको यस्तो उद्घोष (भिडियोसहित)

आइतबार, १७ मङि्सर २०७४ गते मा प्रकाशित

siva-sena-rally-nepalaaja-03

काठमाडौं । हिन्दु अधिराज्य स्थापनाकालागि विभिन्न राष्ट्रवादी संघसंस्था सम्मिलित हिन्दु अधिराज्य पुनःस्थापना समितिले राजधानी काठमाडौंमा पुनः आन्दोलन शुरु गरेको छ । शिव सेना नेपालको अगुवाइमा शुरु भएको आन्दोलनमा नेपाल विद्वत परिषद, नेपाल राष्ट्रवाद संघ लगायतका संघसंस्थाहरुले आन्दोलनको पहिलो दिन शनिवार पशुपति स्थित वनकाली क्षेत्रबाट ‘संघीयता चाहिंदैन, गणतन्त्र खारेज गर, जय गोरख’ लगायतका नारासहित निस्केको ¥याली विभिन्न ठाउँ परिक्रमा गरेका छन् ।

कार्यक्रममा शिव सेना नेपालका संयोजक अनिल बस्नेत (बाबा), सचिव सिर्जना वाग्ले, नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल साह, नेपाल विद्वत परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेल, परिषदका केन्द्रिय सदस्यद्वय बल्लभ दाहाल एवं नरेश राज गिरी, काभ्रे जिल्लाका पूर्व जिल्ला सभापति यदुमन शाह, शुभ जन्मोवत्सव मूल समारोह समितिका अध्यक्ष राधेश्याम थापा लगायतको नेतृत्वमा देशभरीबाट हजारौंको संख्यामा देशभक्त नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम तीन दिन सम्म जारी रहने संयोजक अनिल बस्नेत (बाबा)ले जानकारी दिए ।

शिव सेनाको अगुवाइमा भएको जुलुशले दरबारमार्गमा सर्वसाधारणको ध्यान आकृष्ट गरेको थियो । जुलुशमा जनताहरुले समर्थन समेत जनाएका थिए । शिव सेनाका अध्यक्ष अनिल बस्नेतले राष्ट्र जोगाउने अभियानमा एक जुट हुन नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आग्रह पनि गरेका छन् ।