राजनीति

भिडियो

अब त अति भो, भोट हाल्नुअघि एक पटक देशलाई सम्झनुस् : रवीन्द्र मिश्र (भिडियोसहित)

शनिबार, १६ मङि्सर २०७४ गते मा प्रकाशित

rabindra-mishra-tripureshor-nepalaaja-bibekshil-sajha-party

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पुराना पार्टीका नाममा मत हाल्दा एकपटक गम्भीर ढंगले सोच्न आग्रह गरेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित बैठक बैंक्वेटमा शनिबार भएको अन्तक्र्रिया कार्यक्रममा उनले भोट हाल्नुअघि एकपटक विगतलाई सम्झन पनि आग्रह गरेका छन् ।

‘तपाईंहरुले विगतमा धेरै पटक मत हाल्नु भयो होला, तर के पाउनु भयो ? मलाई लाग्छ केही पाउनु भएन, तपाईंहरुको दैनिकीमा केही पनि परिवर्तन आएको छैन, आफ्नो भविश्यप्रति पनि तपाईंहरु सुनिश्चित हुनु हुन्न, अब मलाई भन्नुस् ती दललाई फेरी पनि मत हाल्नुको कुनै अर्थ छ ?,’ विवेकशील साझाबाट काठमाडौं–१ का प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका मिश्रले भने, ‘हुनसक्छ, विगतमा भोट हाल्नका लागि तपाईंहरुसँग विकल्प थिएन होला, आफ्नो मन र मुटुले रोजेको पार्टी थिएन होला, तर अब त्यस्तो स्थिति छैन, यो देशको मुहार फेर्न हामी आएका छौं, एक पटक तपाईंहरुले तराजु चिन्हमा मत खसालेर हामीलाई हेर्नुस्, हामी तपाईंहरुको मतलाई घात गर्ने छैनौं ।’

मिश्रले अब पनि परिवर्तनको पक्षमा आफूलाई नउभ्याउने हो भने यो देश झन झन पछि पर्दै जाने बताए । मुख्य तीन दल कांग्रेस, एमाले र एमाओवादीको नाम नलिइकन उनले ती दलका नेताहरु जनताका पक्षमा कहिल्यै गम्भीर नभएको र हुननसक्ने जिकिरसमेत गरे । उनले बुढेसकाल लागिसक्दा र आर्यघाट पुग्ने बेलासम्म पनि मुख्य दलका शीर्ष नेताहरुले राजनीति नछाडेकोमा व्यंग्यसमेत गरे । उनले पश्चिमा देशमा दुई पटक प्रधानमन्त्री भइसकेपछि तेस्रो पटक हुननसक्ने नियम रहेको भन्दै यहाँका नेतालाई भने मर्नेबेलासम्म पनि प्रधानमन्त्री नै चाहिने भन्दै गतिलो व्यंग्यसमेत गरे ।