व्यापार

अलैचीको मूल्य बढ्यो, कृषक उत्साहित

बुधबार, ०५ पुष २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

अलैचीको मूल्य बढ्यो, कृषक उत्साहित


पाँचथर । पूर्वी पहाडी जिल्लाहरुमा उत्पादित अलैंचीको मूल्यमा केही वृद्धि भएपछि किसान आशावादी बन्न थालेका छन् ।

केही वर्षदेखि लगातार गिरावट आएको अलैंचीको मूल्य पछिल्ला दिनमा सुधार हुन थालेको छ । पाँचथरमा प्रतिमन २५ हजार रुपैयाँमा बिक्री हुँदै आएको अलैंची अहिले ३२ हजार रुपैयाँसम्ममा बिक्री हुन थालेपछि आफूहरु उत्साहित भएको किसानहरु बताउँछन् ।

भारत र भुटानमा उत्पादित अलैंची अन्तर्राष्ट्रिय बजारमा सकिँदै गएकाले नेपालमा उत्पादित अलैंचीको मुल्य वृद्धि भएको हुन सक्ने जिल्ला अलैँची ब्यवसायी महासंघ पाँचथरका अध्यक्ष श्याम अधिकारीले बताए ।