रोजगार

सेनाले माग्यो १ सय ५० अधिकृत, यसरी दिनुहोस् दरखास्त

मङ्गलबार, ०४ पुष २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

सेनाले माग्यो १ सय ५० अधिकृत, यसरी दिनुहोस् दरखास्त

काठमाडौँ । नेपाली सेनाले एकैपटक १५० अधिकृत क्याडेटको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेकाले आवेदन दिन सक्नेछन्।

खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। विज्ञापन अनुसार खुलातर्फ ८३ जनाको कोटा निर्धारण गरिएको छ। यस्तै समावेशीतर्फ महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १० र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा निर्धारण गरिएको छ।

पुस ४ गतेदेखि माघ ३ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ । जंगी अड्डा भद्रकालीसहित सबैै पृतनाहरुमा दरखास्त फाराम पाइनेछ । 

यसरी हेर्नुहाेस  विज्ञापन