मुख्य समाचार

गोदावारीमा सैलुनभित्रै पाँच वर्षीया बालिका बलात्कृत

शुक्रबार, १५ मङि्सर २०७४ गते मा प्रकाशित

rape

ललितपुर । गोदावरी नगरपालिका–११ थैब डेरा गरी बस्ने ५ वर्षीया बालिकालाई आफ्नै सुमित हेयरड्रेसरमा ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२८ नयाँबस्ती हरिसिद्धी डेरा गरी बस्ने १७ वर्षीय राजकुमार ठाकुरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।