बिचार / ब्लग

दमननाथ ढुंगानालाई उम्मेदवार बनाएर कांग्रेसले किन देश बर्बाद गर्न खोज्दैछ ?

शुक्रबार, १७ कार्तिक २०७४ गते मा प्रकाशित

Dhungana- Gurun

मुकुण्डो लगाएर सुनियोजित उम्मेदवारीका केही नमुना

एजेन्ट, गुण्डा, माफिया र नाताको संसद बनाउने योजना

१. धनराज गुरूङ र दमननाथ ढुंगाना
धनराज गुरूङ देशभक्ति, स्वाभिमान र सुशासनका पक्षमा निरन्तर लड्दै अधिकांश नेपालीहरूको विश्वास जित्न सफल भएका कांग्रेस नेता हुन् तर उनले टिकट पाएनन् । उता दमननाथ ढुंगाना बर्षाैं पहिले कांग्रेसको सक्रिय राजनीति परित्याग गरेको घोषणा गरेर यूरोपीयन मिसनका लागि खुल्ला रूपमा काम गर्दै आएका ब्यक्ति हुन् ।

सिआईए र यूरोपीयनहरूको नेपाल केन्द्रका रूपमा परिचित एनटिटिपी नामक एनजिओका उप प्रमूख रहेका उनी यूरोपीयन नियोगबाट प्राप्त निलो प्लेटको गाडी चढ्छन् । केहि बर्ष अघि इण्डो–यूरोपीयनहरूको प्रतिनिधिका रूपमा आफूलाई प्रधानमन्त्रीको दाबेदारीमा समर्थन गरिदिन अनुरोध गर्न दिल्ली पुगेका थिए । कांग्रेसी राजनीतिबाट अलग रहेका दमननाथले टिकट पाउनु तर निकै सक्रिय रहेका धनराजले नपाउनुका बीचको कारण खोतल्नु होस् ।

२. गुरूराज घिमिरे र गणेश लामा
गुरूराज घिमिरे नेबिसंघका पूर्वअध्यक्ष र कांग्रेसी वृत्तमा देशभक्त , स्वाभिमान र सुशासनको पक्षमा अडान राख्दै आएका नेता हुन् तर उनले कांग्रेसबाट कहिल्यै टिकट पाउँदैनन् । गणेश लामा को हुन् भन्ने कुरा चर्चा गरिरहन पर्दैन ।

३. कृष्ण महरा र कोमल वली
वर्तमान मिसनको राजनीतिमा कृष्ण महरा साम्राज्यवादी शक्ति केन्द्रका भरपर्दा पात्र हुन् । चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न केपी ओलीको सरकार गिराउनका लागि इण्डियन र पश्चिमाहरूले निर्णायक पात्रका रूपमा प्रयोग गरेका उनी सर्वाधिक भ्रष्ट लुटेराका रूपमा चिनिन्छन् । उता कोमल वलीको हिंजोको वैचारिक आस्था जे भए पनि देश लुटेरा र साम्राज्यवादीहरूका हातको खेलौना होईनन् । महरा एमालेभित्रको माफिया ग्याङ र विदेशी एजेन्टहरूका लागि जति काम लाग्दा हुन सक्छन, कोमल हुन सक्दिनन्।

४. नेमकिपा विरूद्ध एमाले–एमाओवादी
देशभक्तिको स्वाङ देखाउने एमाले र एमाओवादीले नेमकिपालाई तालमेलमा बोलाएका थिएनन् बरू अब तिनीहरूले भक्तपुरमा नेमकिपाका विरूद्धमा साझा उम्मेदवारी दिएका छन् । कथित वामको खोलमा यिनीहरूको मिसन स्पष्ट हुँदै गएको छ ।

यस्ता दृष्यहरू सुनियोजित योजनामैं देखा परेका छन् । यसको उद्देश्य हो– विदेशी एजेन्टहरू, माफियाहरू र साम्राज्यवादी योजनामा आँच पुर्याउन सक्ने वा मिसनमा साधक बन्न नसक्ने व्यक्तिहरूलाई संसदमा हुनबाट रोक्नु । यो मिसनसँंग नजोडिएका जो व्यक्तिहरू उम्मेदवारका रूपमा परेका छन, त्यो या त अर्काे उम्मेदवार पाउन नसक्नुको बाध्यता हो वा टार्नै नसक्ने अवस्थाको विवसता हो । काङ, वाम र मधेसवादको मुकुण्डोभित्रका मिसनरी कुतत्वहरूलाई सर्वाङ्ग नांगो बनाउनु पर्छ ।
–भरत दाहाल