प्रवास

एनआरएन ए क्यानडाबिरुद्धको मुद्दा निःशर्त फिर्ता

आइतबार, ०३ मङि्सर २०७४ गते मा प्रकाशित

canada

टोरन्टो (क्यानडा) एनआरएन ए क्यानाडाको निर्वाचन क्षेत्र निर्धारण र अन्य प्रक्रियामा विमति जनाउदै जुलाई १३ , २०१७ मा एनआरएन ए – एन सी सी क्यानाडालाई बिपक्षी बनाएर अण्टारियो क्यानाडाको संघीय अदालतमा अन्जनीकुमार भट्टराई र विद्याभुषण कार्कीद्वारा दर्ता मुद्दा निःशर्त फिर्ता लिने सहमति भएको छ । 

एनआरएनए– एन सीसी क्यानाडाले एएन सी सी क्यानडाका उपाध्यक्ष राजकुमार महत , महासचिव चिरन्जीवी घिमिरे तथा प्रबक्ता रवीन्द्र घिमिरेको नेतृत्वमा ती सदस्यीय वार्ता टोली गठन गरेको थियो । अतिनै सौहर्द्रपूर्ण वाताबरण र गहन छलफलमा तीन सदस्यीय वार्ताटोली र मुद्दा टोलीको बीचमा विभिन्न चरणहरुमा सस्थाको दिर्घकालीन हितको लागि स्थायीत्व, अपनत्व र अहिले उठेका मुद्दाहरु के कसरी समाधान गरी अगाडि बढन सकिन्छ भन्ने बिषयमा वार्ता केन्द्रित भएको थियो । सहमतिअनुसार बिगतका दिनमा संस्थामा भएका कमीकमजोरीहरुलाई सुधार गर्न आवश्यक पर्ने कार्ययोजनाहरु तत्काल अगाडि बढाउन एउटा आयोग गठन गर्ने, आयोगले एन सी सी क्यानाडालाई तोकिएको मिति भित्र प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदन बोर्डको बैठकमा छलफल गरी आउदो बार्षिक साधारण सभामा प्रस्तुत गर्ने सहमति भएको छ्र ।

क्यानडामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको साझा संस्था एनआरएन ए क्यानाडालाई आउँदा दिनहरुमा अभिभावक संस्थाको रुपमा बिकास गर्दै लैजाने बिषयमा सबैको सहमति बनेको थियो । यो संस्थाको हित र एकताको सन्देशको लागि मुद्दा फिर्ता लिनु भएकोमा संस्थाका आजीवन सदस्य अन्जनीकुमार भट्टराई र साधारण सदस्य विद्याभुषण कार्की प्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछौ भन्दै क्यानाडाबासी नेपालीहरुलाई संस्थाको ईमेल मार्फत जानकारी गराईएको थियो ।