देश

अर्थ/बजार

ट्वाइलेट पेपरभित्र १७ किलो सुन

शनिबार, ०२ मङि्सर २०७४ गते मा प्रकाशित

gold

काठमाडौं । प्रहरीले रसुवागढी भन्सार नाकाबाट शनिबार विहान १७ किलो अवैध सुन बरामद गरेको छ । बा११च ७९१८ नम्बरको जीपबाट प्रहरीले भन्सार छलेर ल्याइएको १७ किलो सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरेको हो ।

रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शरतकुमार थापाका अनुसार गाडीमा फल्स बटम बनाएर ल्याइँदै गरेको सुन पक्राउ गरिएको हो । सो जीपमा चीनबाट ट्वाइलेट पेपर र छुर्पी ल्याएको थियो । सुन र गाडीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।