अपराध सुरक्षा

यस्तो अपराध जसले खुकुरी हानेर तीन जनाको ज्यान लिए

बुधबार, २९ कार्तिक २०७४ गते मा प्रकाशित

suman


हेटौडा । हेटौडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उहाँका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज्यान गएको हो ।

प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।