अदितीको यस्तो फोटो बाहिरिया चर्चामा छन् अहिले

बुधबार, २९ कार्तिक २०७४ गते मा प्रकाशित

Aditi-1

काठमाडौं । मोडल अदिति बुढाथोकी नेपाली सिनेमा ‘कृ’बाट नायिकाको रुपमा नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । सिनेमामा अनुबन्ध भएसँगै यी सुन्दरीको नेपाली सिनेक्षेत्रमा राम्रै चर्चा भयो । उनले अभिनय गरेको पहिलो चलचित्र कृ रिलिज भएको छैन तर उनको चर्चाले बजार गर्माइसकेको छ ।

यतिबेला बलिउडमा संघर्षरत अदिती र नेपाली चलचित्र उद्योगमा अलग स्थान बनाएका अनमोल केसी एकसाथ चलचित्र कृ मा देखिंदै छन् । चलचित्र रिलिज नहुँदैअदितीलाई विशेष चर्चामा ल्याउने कारकतत्व चाहिँ उनको आकर्षक शरीर सुन्दर ढंगले प्रस्तुत गरिएका तस्बिरहरु हुन्।