समाज

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

मङ्गलबार, २८ कार्तिक २०७४ गते मा प्रकाशित

death

बेसीशहर । ट्रयाक्टर दुर्घटना हुँदा लमजुङमा एकजनाको मृत्यु भएको छ । 

मस्र्याङदी गाउँपालिका–६, ठूलोबेसीमा आज दिउँसो भएको दुर्घटनामा सोही ट्रयाक्टरका चालक चितवन बैरेनी–२ का दीपक चौधरीको मृत्यु भएको हो । परीक्षणकै क्रममा रहेको नयाँ ट्रयाक्टर ङादी खोलाबाट ठूलोबेसीतर्फ बालुवा लिएर जाँदै गर्दा दुर्घटना भएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए । 

दुर्घटनापछि गम्भीर घाइते भएका चालक चौधरीको उपचारका क्रममा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।