मनोरञ्जन

मोडेल वाच

विवादमा फसिन् नीति शाह , अनुहारमात्र राम्राे भएकाे तर दिमाग नभएकाे अाराेप

मङ्गलबार, २८ कार्तिक २०७४ गते मा प्रकाशित

niti

काठमाडौं । नेपालकी सुन्दरी नीति शाह अहिले एउटा भाषणका कारण चर्चामा छिन् । अनुहारमात्र राम्राे भएकाे तर दिमाग नभएकी भन्दै सामाजिक संजालमा उनको चर्को आलोचना गरीएको छ । यसको कारण भने यस्तो छ ः


उनले मिस इन्टरनेसनल २०१७ को कार्यक्रममा नेपालमा दुईखाले महिलाहरु रहेको एक गाउँका महिला र शहरका भएकाे बताइन् । यतिमात्र हाेइन, उनले गाँउका महिलाहरु अशिक्षित र गरीब छन् भनेर परिचय दिईन् । शहरमामात्र पढेलेखेका र फेसेनेबल महिलाहरु बस्छन् र आफू शहरमा बस्ने केटी भएको पनि उनले बताएकी छन् ।


साथै उनले जापानको जस्तो मिठो चिकेन शुप र पोर्क नेपालमा नपाउने भएर खाईरहेको समेत बताईन् । मिस इन्टरनेसनलको लागी उनी अहिले जपानको टोकीयो पुगेकी छन् । विदेशमा गएर आफ्ना देशको बारेमा राम्रो प्रचार गर्नुको साटो उल्टै बदनाम गरेको भन्दै उनको आलोचना गरिएको हो ।