समाचार

समाज

वैदेशिक रोजगार व्यावसायी संघ, कास्कीका अध्यक्षलाई कालोमोसो दलियाे

मङ्गलबार, २८ कार्तिक २०७४ गते मा प्रकाशित

khem baral

पाेखरा: वैदेशिक रोजगार व्यावसायी संघ, कास्कीका अध्यक्ष एवम् पुकार म्यानपावर पोखराका प्रमुख खेम बराललाई नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकका कार्यकर्ताले कालोमोसो दलेका  छन् ।


सोमबार पोखराकाे सभागृह चोकस्थित म्यानपावरको कार्यालयमै युवाहरुले कालोमोसो दलेको हुन् । विदेश पठाइदिने भन्दै अत्याधिक पैसा लिएर युवाहरुलाई दुख दिएको, युवाहरुका पासपोर्ट लिएर महिनौंसम्म फिर्ता नगरेको, महँगो होटलमा अन्तर्वार्ता लिएर त्यसको आर्थिक बोझ विदेश जाने युवायुवतीहरुबाट उठाएको भन्दै नेकपाले उनीमाथी कारवाही जनाएकाे छ ।


त्यस्तै मेडिकलहरुको साँठगाठमा (स्वास्थ्य परिक्षण) मेडिकल गर्दा लाग्ने खर्चको बिल धेरै बनाएर पैसा खाएको, नियमविपरित युवायुवतीहरुको पैसा र पासपोर्ट कब्जा गर्ने गरेको उजुरीको आधारमा उनीमाथी कारवाही गरीएकाे हाे ।