राजनीति

सिन्धुली जिल्लाका लोकप्रीय माओवादी नेता राजन दाहाल

सोमबार, २७ कार्तिक २०७४ गते मा प्रकाशित

rajan-dahal

काठमाडौं । आसन्न निर्वाचनमा सिन्धुलीबाट प्रदेशसभामा उम्मेदवारी दिएका राजन दाहालको चर्चाले सिन्धुलीको चुनावी माहोल तातेको छ । वाम गठबन्धनका तर्फबाट सिन्धुली क्षेत्र नं.–१ को प्रदेशसभा–१ बाट उमेदवारी दिएका दाहाल स्थानीय रुपमा निकै लोकप्रिय छन् ।

सबैका माझ लोकप्रीय बनेका दाहाललाई एमाले–माओवादी गठबन्धनले सिन्धुली जिल्ला क्षेत्र नं.१ को प्रदेशसभा–१ मा साझा बाम उम्मेदवार बनाएको हो । राजनीति विसुद्ध समाजसेवा हो, यसलाई पेशा र व्यवसाय बनाउनु हुंदैन भन्ने धारणा राक्ने दाहालको राजनीतिक जीवन निकै संघर्षपूर्ण रहेको छ । 

२०४६ सालदेखी मोटो मालको विद्यार्थी संगठनबाट पञ्चायत विरोधी आन्दोलनमा सक्रिय भएर माओवादी जनयुद्धमा अग्रणी मोर्चामा उभिएका राजन दाहाल सिन्धुलीका लोकप्रीय मानिन्छन् । २०३४ सालमा सुनकोशी गाउँपालिका ५ मा जन्मिएका दाहाल विद्यार्थी राजनीतिहुंदै नेकपा एकताकेन्द्र र २०५२ सालदेखी माओवादी जनयुद्धमा सक्रिय भएर लागे ।

२०५३ सालमा पक्राउ परेका उनी हिरातिभित्र सुरक्षाफौजले दिएको चरम यातनाबाट दैनिजसो बेहोस् भइरहन्थे । उनको जेल जीवन २०५६ साल चैत महिनाभर रह्यो । सिन्धुली कारागार, केन्द्रीय कारागार, बीरगञ्ज कारागार र सिन्धुली जिल्ला प्रहरी कार्यालयको ७३ दिनको हिरासत बसाई उनका लागि जीवनको सबैभन्दा कष्टकर समय रह्यो । त्यस बेला उनीमाथी सिन्धुलीगढी प्रहरी चौकीमाथीको आक्रमण लगायत १७ वटा मुद्धाहरु दर्ता गरिएका थिए ।

२०४७ सालमा नेकपा माओवादीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उप क्षेत्रीय व्यूरो तथा सचिवालय सदस्य तथा वाइसिएल प्रवास शाखाको सचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका दाहाल प्रवासमा अखिल भारतीय नेपाली एकता समाजको केन्द्रीय महासचिव भएर माओवादी आन्दोलनमा आफ्नो दर्विलो भूमिका निर्वाह गरेका थिए । २०५९ सालपछि लगातार सोलु भोजपुर रामेछाप लगायतका जिल्लाको जिल्ला इन्चार्जका रुपमा सांगठनात्मक कौशला प्रदर्शन गरे । २०७० सालको संसदीय निर्वाचनमा सिन्धुली जिल्लाको क्षेत्र नं. १ मा माओवादीका तर्फबाट उम्मेदवार बनेका दाहाल २०७१ सालदेखी लगातार सिन्धुली जिल्लाको पार्टी अध्यक्ष र केन्द्रीय सदस्यका रुपमा काम गरिरहेका छन् ।सादा जीवन शैली र असल आचरणका धनी नेताका रुपमा चिनिएका दाहाल सिन्धुली जिल्ला सदरमुकाका चप्पल पड्काउंदै हिडिरहन्छन् ।

जनताका समस्यालाई आफ्नै समस्याझै सुल्झाउने नेताहरुको अग्रपङ्तिमा उनैको नाम लिइन्छ । "राजनीति विसुद्ध समाजसेवा हो, यसलाई पेशा र व्यवसाय बनाउनु हुंदैन", प्रदेशसभा सदस्य उम्मेदवार दाहालले भने । त्यसैले पनि सिन्धुलीमा भन्ने गरिन्छ, नेता हुनु त राजन दाहाल जस्तो र सबैका माझ लोकप्रीय बनेका दाहाललाई एमाले–माओवादी गठबन्धनले सिन्धुली जिल्ला क्षेत्र नं.१ को प्रदेशसभा–१ मा साझा बाम उम्मेदवार बनाएको छ ।