समाज

मुख्य समाचार

मध्यरात दाजुले बहिनीको अगाडि होस गुमाउँदा, दाजु बहिनी नै प्रहरी नियन्त्रणमा

आइतबार, २६ कार्तिक २०७४ गते मा प्रकाशित

rape

काठमाडौँ  । आफ्नै १२ बर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका–१२ खहरेगाँउ बस्ने २२ बर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको छ । 

अभियुक्तले शनिबार राति आफ्नै बहिनीलाई जवरजस्ती करणी गरेको भनी दुबै जनालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले पीडक तथा पीडितलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।