स्वास्थ्य

प्रहरी अस्पताल सर्वसाधारणकाे लागि पनि खुल्ला

आइतबार, २६ कार्तिक २०७४ गते मा प्रकाशित

army hospital

काठमाडौं । नेपाल प्रहरी अस्पतालले अाइतबारदेखि सर्वसाधारणलार्इ पनि स्वास्थ्य सेवा दिन सुरु गरेकाे छ । 

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा एक कार्यक्रमका बीच सर्वसाधारणका लागि स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् । देशकै सबैभन्दा न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने अस्पतालको दाबी छ ।

अस्पतालमा सामान्य टिकटको दर ५० रुपैयाँ राखिएको छ । जून देशको सस्तो मानिएको अस्पताल वीर अस्पतालकै बराबर हो । ल्याब टेष्ट लगायतको शुल्क केन्द्रीय प्रयोगशाला तथा वीर अस्पतालमा भन्दा सस्तो पर्ने अस्पतालका प्रमुख एआईजी डा.दिनेशचन्द्र पोखरेलले बताए ।

सर्वसाधारणका लागि हाललाई दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म ओपीडी सेवाको व्यवस्था गरिएको छ । अस्पतालमा रहेका २११ बेड मध्ये सर्वसाधारणका लागि  ३२ वटा बेडको व्यवस्था गरिएको छ ।