खेल

नेपालले दियो भारतलाई १ सय ८६ रनको चुनौती

आइतबार, २६ कार्तिक २०७४ गते मा प्रकाशित

DOZWLXaUIAI9WQ_

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले ८८ रनको पारी खेलेपछि नेपालले मलेसियामा जारी एसीसी यू–१९ एसिया कपमा भारतलाई १८६ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १८५ रन जोडेको हो। नेपालका लागि सर्बाधिक ८८ रन जोडेका कप्तान दीपेन्द्रसिंह ऐरीले १०१ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै ओपनर जितेन्द्र सिंहले ३६ तथा भिम सार्कीले १५ रन जोडे। मध्यक्रम बाँकी खेलाडीहरुले दोहोरो अंक जोड्न नसक्दा नेपाल ठूलो योगफल बनाउन चुक्यो । आसिफ सेखले ३, अनिलकुमारसाहले ६, रोहितकुमार पौडेलले ६ रन मात्रै बनाउन सके भने सन्दीप लामिछाने ९, किशोर महतो ७ रनमा नटआउट रहे ।

भारतका आदित्य थकारे र अभिषेक शर्माले समान २ विकेट लिए । भारतले अहिले जवाफि व्याटिङ गरिरहेको छ ।