फरक दुनिया

यी हुन् संसारकै सुन्दर महिला जसलाई नुहाउने अनुमति छैन्

शुक्रबार, २४ कार्तिक २०७४ गते मा प्रकाशित

woman


काठमाडौं । दुनिँयामा कैयौ यस्ता आदिवासी क्षेत्रहरु छन् जँहा रहेका मानिहरुको परम्परा पनि अनौठो हुन्छ ।

अफ्रिकाको उत्तरी नामिबियाको कुनैन प्रान्तमा एक यस्तो जातिहरुको बसोबास छ जहाँको महिलाहरुलाई नुहाउने अनुमति छैन् ।   कुनैन प्रान्तमा रहेका हिम्बा जनजातिको जनसङ्ख्या करिब ५० हजार रहेको छ ।

यस जातिका महिलाहरुलाई अफ्रिकाको सबैभन्दा सुन्दर महिलाहरु मानिन्छ तर उनीहरुलाई कहिल्यै नुहाउने अनुमति छैन् । यतिमात्रै होइन् यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन् ।  

तर, उनीहरुले आफ्नो सरसफाईको लागि उनीहरुको एक विशेष तरिका अपनाउने गरेका छन् । हिम्बा जनजातिका महिलाहरुले नुहाउनको सट्टा विशेष प्रकारको जडीबुटिलाई पानीमा उमालेर त्यसको धुँवाबाट आफ्नो शरिर ताजा बनाँउछन् । यसले उनीहरुको शरिरको गन्ध हट्छ र कहिल्यै ननुहाए पनि राम्रो बास्ना आउँछ । यस जातिका महिलाहरु आफ्नो छालालाई घामबाट बँचाउनको लागि एक विशेष प्रकारको लोसन लगाँउछन् । यो लोसन विभिन्न जनावरको बोसो र हेमाटाइटको धुलोबाट बनाइएको हुन्छ ।  

हेमाटाइटको धुलोको कारणले उनीहरुको छालाको रंग रातो हुन्छ र यो विशेष लोसनले उनीहरुलाई किराहरुले टोक्न बाट पनि बचाँउछ । यी महिलाहरुलाई रेड म्यान नामले पनि चिनिन्छ ।