कर्पोरेट

नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद

सोमबार, २३ असोज २०७४ गते मा प्रकाशित

Chandara


काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको जीएममा नियुक्त गर्ने निर्णय गरेको हो । साउदको कार्यकाल चार वर्षको लागि हुनेछ । साउदले आफ्ना दुई प्रतिस्पर्धीलाई उछिन्दै जीएम बन्न सफल भएका हुन् । अर्थ मन्त्रालयले नेप्सेको महाप्रबन्धकको नियुक्तिका लागि गठन गरेको छनोट समितिले यही असोज १८ गते अन्तिम चरणमा तीन जनाको नाम सिफारिश गरेर मन्त्रालय पठाएको थियो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारी सम्मिलित समितिले साउदसहित प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम सिफारिश गरेको थियो ।

नेपाल इन्स्योरेन्स कम्पनीका पूर्व महाप्रबन्धकसमेत रहेका साउद नेपाली बीमा क्षेत्रमा विज्ञको रुपमा रहेका छन् ।