समाचार

युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

आइतबार, २२ असोज २०७४ गते मा प्रकाशित

excessive-profit-in-bike-and-scooty-nepalaaja

काठमाडौं । तपाइँले होन्डा कम्पनीको मोटरसाईकल वा स्कुटर चढ्ने गर्नु भएको छ ? नेपालमा होन्डा ब्राण्डका मोटरसाईकल तथा स्कुटरहरु लोकप्रिय छन् । होन्डा दुईपांग्रे गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालीले हरेक मोटर साईकल तथा स्कुटरमा कानुन बमोजिम भन्दा अधिक अर्थात २२ देखि ५३ प्रतिशतसम्म नाफा हुनेगरी मुल्य राखेर कालोबजारी गरिरहेको पाइएकोछ ।
दसैंमा नगद छुटका नाममा पनि उपभोक्ता झुक्याइएकोछ । हात्तीको देखाउने र चपाउने दाँंत जस्तै गरी हिरो मोटरसाइकलमा अनधिकृत नाफा राखी उपभोक्ता ठगी गर्ने धन्दा सार्वजनिक भएको छ ।

युवतीहरु हुरुक्क हुने स्कुटीमा त स्याकारले लुटमा महारथ हासिल गरेको छ । होन्डाको डिओ स्कुटीमा ५३ दशमलव ५७ प्रतिशत नाफा राखेको छ । यो स्कुटीमा स्याकारका मालिका शौरभ ज्योतिले १ लाख १७ हजार ७९६ रुपैयाँ ४६ पैसा खर्चन्छन् । यसमा ६३ हजार १०३ रुपैयाँँ ५४ पैसा नाफा राखेर १ लाख ८० हजार ९ सयमा बेच्छन् । एभिएटरमा ५२ प्रतिशत, युनिकनमा ५२ प्रतिशत नाफा राखेको पाइएको छ ।

लुटको यस्तो साम्राज्य चलाउनेहरु सामाजमा खुलेर आउन पनि सक्दैनन् । खुलस्त आफ्नो कुरा पनि राख्न सक्दैनन् । किनभने उनीहरुलाई सधै केही समस्या परिहाल्ने हो कि, कानुनको फन्दामा परिने हो कि भन्ने डर हुन्छ । नेपालआजले स्याकारका मालिक शौरभ ज्योतिलाई पटक पटक सम्पर्क गर्ने कोसिस गर्यो । तर उनी सम्पर्कमा आउन चाहेका छैनन् ।

कालोबजार नियन्त्रण ऐनले अधिकतम २० प्रतिशत नाफा राख्न पाउने व्यवस्था गरेको छ । तर कानुनलाई नेपालका लुटेराहरुले धोति लगाई दिएका छन् । जसका कारण कानुनमा जे भए पनि फरक पर्दैन ।

मोटरसाइकलमा भइरहेको लुटतन्त्रविरुद्ध कारबाही गर्ने प्रतिक्रिया आपूर्तिमन्त्री शिवकुमार मण्डलले दिएका छन् । तर त्यस्तो कारबाही हालसम्म देख्न भने पाइएको छैन ।

 र याे पनि,

 नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

 यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

 हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

 अभिक ज्योतिको व्यापार लुटको जगमा