अन्तरवार्ता

भिडियो

अब कांग्रेसले राजासहितको गठबन्धन बनाउनु पर्छ (भिडियोसहित)

आइतबार, २२ असोज २०७४ गते मा प्रकाशित

prem-singh-basnet-party-unification-nepalaaja

नेपाली सेनाका पूर्वसहायक डा.रथि प्रेम सिंह बस्न्यात सुरक्षा मामिला जानकारमात्रै नभएर नेपालको राजनीतिलाई नजिकबाट विश्लेषण गर्ने विश्लेषक पनि हुनुहुन्छ । राष्ट्र, राष्ट्रियता, सार्वभौमिकतामा स्पष्ट अडान राख्ने बस्न्यातले नेपालका केही बुद्धिजीवीहरुलाई विदेशीको इशारामा नाच्ने कुतत्वको संज्ञा पनि दिनु भएको छ । निडर र स्पष्टवक्ता बस्न्यातसँग नेपालआजले वाम एकता प्रक्रियाअघि बढेपछि गरेको पछिल्लो कुराकानीको सार निम्नानुसार छः

‘नेपाल जस्तो सानो गरिब देशमा धेरै पार्टी हुन हुँदैन । शिद्धान्ततः यो राम्रो कुरा हो कि अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति मिसिने विषय । यस्तो धु्रवीकरण कांग्रेसले पनि गर्नु पर्छ ।

नेपालमा संविधान जारी गर्दा जनताको चाहना विपरीत हिन्दू धर्मलाई लात हानेर फालियो । राजसंस्थालाई नीतिविपरीत फालिदिए । क्रिष्चियन धर्म मलजल गर्न यिनीहरुले हिन्दूधर्म फालेका हुन् । राष्ट्रपति पाउछु भनेर गिरिजाप्रसाद कोइरालाले जथाभावी गरिदिए । नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइराला खराब व्यक्ति हुन् । विपी कोइरालाको नाम बेचेर कोइरालाहरुले देश लुटिरहेका छन् ।

यो देश कर्मचारीले पनि बिगारेका छन् । भूकम्पमा, बाढीमा कर्मचारी जाँदैनन । त्यही सेना र पुलिसले सबै गर्नु पर्छ । देश बिगार्ने धेरै छन् । ती मध्ये कर्मचारीतन्त्र पनि हो । यो कर्मचारीतन्त्रले कहिले पनि चिनिया प्रोजेक्ट पास गर्न दिदैन ।

नेपालका बुद्धिजीवीलाई युरोपेली, अमेरिकी र भारतले पालेको छ । केही बुद्धिजीवीहरु देशमा कुनै राम्रोकाम हुन लाग्यो भने उफ्रिन थालिहाल्छन् ।

बाबुराम, प्रचण्ड, केपी ओली मिलेर बस्नुको धेरै अर्थ छन् । अहिलेको एकता प्रक्रिया भनेको अवसरका लागि यसो भएको हो । प्रचण्डमा द्रव्य मोह धेरै छ । मन्त्री प्रधानमन्त्री भइसकेकाहरुमा सत्ताको स्वाद बसेको हुन्छ । त्यसैकालागि गरिएको हो यो सबै । तर केही राम्रा पक्ष पनि छन् । मेरो आग्रह छ, बाबुरामले यो पार्टी नभाडूँन् । ओलीजी अझै २० वर्ष भन्दा बढी बाँच्नु पर्छ ।

अब कांग्रेसले पनि गठबन्धन बनाउनु पर्छ । राजासहितको मोर्चा बनाउनु पर्छ । राजालाई पनि साथ लिएर अगाडि बढ्नु पर्छ । अब जसरी पनि सेनाको भूमिका बढ्नुपर्छ । देशमा एउटा राजा चाहिएकै छ । ल्याउनु पर्छ । त्यो शाहवंशीय पनि हुन सक्छ । मल्ल राजाका सन्तान पनि हुन सक्छन् । जो भए पनि चाहिना चाहिँ राजा चाहिएको छ देशलाई अब ।

बुटवलको जीतगढी भन्ने ठाउँ छ । त्यसको आसपासमा भारतको पेन्सन दिने सानो कार्यालय थियो । अहिले प्रचण्ड प्रधानमन्त्री, विमलेन्द्र निधि गृहमन्त्री, त्यो जिल्लाको सांसद बालकृष्ण खाँड रक्षामन्त्री हुँदा त्यो कार्यालयको आकार बढाउन जमिन दिएको खुलेको छ । यो कुरा सरकारले जानकारी दिएन । नेपाली सेनाले बोलेन । पेन्सन एटिएमबाट निकाल्न सकिन्छ । अहिले भारतले भने लैनचौरमा, विराटनगरमा, विरगञ्ज, बुटवल सबै तिर भारतले झन्डा हालिसक्यो । गृह र रक्षा मन्त्रीको मिलेमतोमा यसो गरिएको हो ।