राजनीति

भिडियो

ओझेलमा परेका डा. भट्टराईलाई तालीको गड्गडाहट (भिडियोसहित)

मङ्गलबार, १७ असोज २०७४ गते मा प्रकाशित

baburam-bhattarai-party-unite-nepalaaja

डा. बाबुराम भट्टराई
संयोजक, नयाँ शक्ति नेपाल

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले निरन्तरतामा क्रमभङ्ग गर्दै एउटै कम्युनिष्ट पार्टी बन्ने दिशामा आफूहरु केन्द्रित भएको उल्लेख गरेका छन् ।

एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच मंगलबार भएको ६ बुँदे सहमतिको जानकारी गराउँदै डा. भट्टराईले मुलुकलाई नयाँ ढाँचाको समाजवादमा लगेर विश्वलाई सन्देश दिन एकता अभियानमा होमिन आह्वान गरे ।

संयोजक डा भट्टराईले मुलुकलाई समृद्धि र समाजवादको चरणमा लान आफूहरु एक ठाउँमा उभिएको उल्लेख गर्दै राष्ट्रिय एकतालाई मजबुद बनाउँदै यो गठबन्धनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको संसदीय ढाँचामा अघि बढ्नुपर्ने पनि बताए ।