मेरो परिवार मेरो कथा

भिडियो

श्रीमतीलाई धर्धरी रुवाएर फेसबुकमा हिरो पल्टिने यिनलाई चिनौं (भिडियोसहित)

मङ्गलबार, १४ कार्तिक २०७४ गते मा प्रकाशित

kaliyug-ko-krishna-nepalaaja

काठमाडौं । पति विदेशमा पत्नी स्वदेशमा । पति नहुँदा पत्नीले अर्कैसँग माया साट्ने र भएको सबै पैसा गहना गुटमुट्याएर भागेका कैयन घटना छन् हाम्रो समाजमा । तर यदाकदा यस्ता पनि पति हुँदा रहेछन् जो पत्नीलाई भन्छन्, ‘म कृष्ण हुँ । धेरै गोपिनी खेलाएर हिँड्छु । लाइफमा यसै गरी गर्ने हो मस्ती ।’ पत्नीलाई मात्रै होइन आफ्नै बावु काट्न खोज्ने वैदेशिक रोजगारीमा गएका युवा हुन्, कृष्णप्रसाद आचार्य ।

६५ सालमा सुशीला पाण्डेसँग मागी विवाह गरेका चितवनका कृष्णका एक छोरा पनि छन् । पत्नी सुशीलाका अनुसार उनी छोरालाई पनि वास्ता गर्दैनन् । उनले भन्ने गर्थे, ‘मैले कमाएकोले मेरो बाबुलाई हुँदैन । मेरो छोराले कमाएको पनि मलाई हुँदैन । जीन्दगी रिल्याक्स गर्ने हो । मलेसियाका जस्ता माया गर्ने आइमाइ संसारमा पाइँदैन । म बाहिर हेर्दा धेरै राम्रो देखिन्छ । तर मेरो चारगाउँमा म जस्तो हरामी कोही छैन । छोरोलाई पाल्ने कुनै धनी मान्छे भेटियो भने दिनू । छोरालाई पढाउन आवश्यक छैन । डन बनाउनु पर्छ ।’

फेसबुकमा हिरो पल्टेर फोटो खिच्दै पोस्ट गर्ने कृष्ण वास्तवमा कस्ता पति, पिता, छोरा हुन् भन्ने विषयमा उनकी पत्नी सुशीलाले नेपालआजसँगको भिडियो अन्तर्वार्तामा बोलेकी छन् ।